
नेपालका विद्यालय र बिश्वविद्यालयहरुमा विज्ञान बिषय लाई उच्च प्राथमिकताका साथ पढाइन्छ ।तर तिनै विद्यार्थीहरु विज्ञानका सैद्धान्तिक पक्ष लाई ब्यवहारमा सिद्ध गर्न असफल हुन्छन् । त्यस कारण नेपालमा वैज्ञानिक शिक्षा असफल छ र धार्मिक अन्धविश्वास र कुरिती झागिदै गएको छ ।नेपालको पाठ्यक्रम बिकास केन्द्र , शिक्षा मन्त्रालय र नेपाल सरकार ले निर्माण गरेको विज्ञान विषय धार्मिक अन्धविश्वास र कुरितिका विरुद्ध धावा बोल्न र त्यसमाथि विजय हासिल गर्न नभै विदेशी विश्वविद्यालयहरुको स्वाङ मात्रै हो भन्न सकिन्छ । किनभने यो देशमा वास्तविक रूपमा विज्ञान विषय पढाई हुन्थ्यो भने कुरिती र अन्धविश्वासको जरा उखेलिसकिएको हुन्थ्यो होला ।
नेपालमा आज प्रयन्त पनि उत्तिकै अन्धविश्वास र जडता कायमै छ । नेपालमा यिनै अन्धविश्वास र कुरितिका विरुद्ध निकै ठुलो वैज्ञानिक क्रान्ति (scientist revolution ) आवश्यक छ । एक घर एक वैज्ञानिक अभियन्ता ( one home one scientist engineer) नामक अभियानले प्रत्येक घर घर बाट धार्मिक अन्धविश्वास र कुरितिको जरा उखेलेर फ्याँक्ने छ । वैज्ञानिक चेतना स्थापित गर्न महत्त्वपूर्ण भुमिका खेल्नेछ । वैज्ञानिक सामाजिक चेतना ले मात्रै आजको युगमा आफ्नो अस्तित्व रक्षा गर्न सकिनेछ । आधुनिक युगमा विज्ञान र प्रविधिको हिस्सेदार र साझेदार बन्न सकिनेछ ।
मान्छे कस्तो बन्छ – अग्रगामी कि पश्चगामी, उदाहरणीय कि नालायक विचारक कि उदास यावत् कुराको निर्धारण उसको चेतनाले गर्छ ।तसर्थ यो देश कस्तो बनाउने ? वा किन यस्तो भयो ? भन्ने प्रश्नको अगाडि चेतना निकै महत्त्वपूर्ण हुन्छ । हामी आज जे छौ अथवा भोलि जस्तो हुने छौ त्यो हाम्रै चैतन्यमा निर्भर रहन्छ । हामी कुन विचार बाट संसारलाई हेरिरहेका छौ वा हेर्छौ त्यो मुख्य विषय हो । भाववादी दर्शनको आँखा बाट हेर्दा यो संसार अवोधगम्य छ जसलाई बुझ्न बदल्न र व्याख्या गर्न सकिदैन । अर्कोतर्फ भौतिकवादी दर्शनको आँखा बाट हेर्दा संसार बोधगम्य छ बुझ्न बदल्न र व्याख्या गर्न सकिन्छ ।कुन बाटो रोज्ने वा कुन दर्शनबाट निर्देशित हुने यी सबै कुराको चुरो नै यहि हो । भौतिकवाद विज्ञान हो विज्ञान सत्य र तथ्यमा आधारित हुन्छ ।
विज्ञान ले आविष्कार गरेका सबैकुराको दलिल प्रमाण पेश गर्दछ । विज्ञानले चन्द्रमामा बस्ती बसाउने देखि (robot) यन्त्रमानव आविष्कार सम्म चमत्कारिक संसारको परिकल्पना गरेर मानव जीवन सहज र हलुका बनाइदियो । आध्यात्मको पछाडी आस्था बाहेक केही छैन । आस्था पनि कस्तो आधार प्रमाण रहित । स्वर्ग , नर्क , भगवान भुतप्रेत यी सबै आध्यात्मका आविष्कार हुन । आध्यात्मले मानिसलाई मुलतः असफलताको बाटोमा डोर्याउछ । आध्यात्मको गन्तव्य कथित स्वर्ग हो स्वर्गको अभिलाषाले मानिसलाई शिव लिङ्ग पखालेको पानी पवित्र ठाँनेर पिउने र बाँदर बाट आशिर्वाद लिन टाउको थाप्ने ठाँउमा पुर्याउछ
आध्यात्मिकहरुको संसारमा आस्था मात्रै छ पुष्ठि गर्ने कुनै प्रमाण र आधार छैन । अब भन्नुस आजको युगमा पनि प्रमाण आधार नै नभएको आस्था किन र केका लागि अनुसरण गर्दै जाने ?उनीहरु भन्छन् हिजो बाजे बराजेहरुले मान्दै आएको आस्था हो त्यसैले यस्ता आस्थाहरु लाई निरन्तरता दिदै जानुपर्छ ।के साच्चै त्यस्तै हो त्यसो हो भने बाजे बराजेको पालामा सतिप्रथा थियो , कमैया थियो कमलरी थियो , यी यस्ता प्रथा र संस्कारहरु पनि संरक्षण गर्दै जानुपर्ने हो ? किमार्थ होइन, एक शिक्षित असल नागरिकको आस्थाको पछाडी बलियो दसि प्रमाण हुनुपर्दछ ।
संस्कार त्यस्तो खालको बचाउनु पर्दछ जुन वैज्ञानिक उत्पादनशिल , र युग सापेक्ष होस् । आजको युगमा विज्ञान र प्रविधिको प्रयोगले भौतिक जगतले यन्त्रमानव (robot ) प्रयोगमा ल्यायो र संसारको अगाडि प्रमाणित गरेर देखाइदियो । नेपाली धार्मिक अन्धविश्वास र जडतामा बाँचेको समाजले केही निर्माण गर्यो आविष्कार गर्यो भने त्यो हो अनुलङ्घनिय भनेर भ्रमित बनाईएको धर्मको छाँयामा हुदै नभएको भगवान बनायो , भुत प्रेत बनायो , बोक्सी बनायो , धामी झाक्री बानायो अन्तमा आम मानिसलाई उल्लु बनायो । सफल हुन कर्म गर्नुपर्छ भन्ने होइन ईश्वरको भक्तिगर्नु पर्छ भन्ने सिकायो जसले गर्दा धार्मिक अन्धविश्वासको अफिम लाग्यो र आम मानिसलाई असफलताको मार्ग तर्फ डोर्यायो ।

नेपालीरैबार । २०८१ फाल्गुन १५, बिहीबार