
सुर्खेत । कर्णाली अन्तर्राष्ट्रिय चलचित्र महोत्सव हुने भएको छ । फागुन २५ र २६ गते प्रदेश राजधानी वीरेन्द्रनगर र दैलेखको गुराँस गाउँपालिकामा गरी दुई चरणमा महोत्सव सञ्चालन हुने भएको हो ।
आयोजक संस्था रेडचेरी मिडिया प्रा.लि.का अनुसार फागुन २५ गते उद्घाटन र चलचित्र संवाद वीरेन्द्रनगरमा गरिने छ । यस्तै दोस्रो फागुन २६ गते गुराँस गाउँपालिकामा पर्यटन तथा जलवायु अवार्ड समारोह गरिने छ ।
कर्णालीका पर्यटकीय स्थल, धार्मिक स्थल, चलचित्रका छायाङ्कन स्थल, कर्णालीका कथा, संस्कृतिलाई चलचित्र निर्माता, निर्देशक सम्बन्धित व्यक्तिहरूमा प्रचार, प्रसार गर्ने उद्देश्यले चलचित्र महोत्सव आयोजना गरिएको महोत्सवका निर्देशक चक्रबहादुर चन्दले जानकारी दिए ।
महोत्सवले कर्णालीको प्राकृतिक सौन्दर्य, सांस्कृतिक विविधता र सामाजिक मुद्दाहरूलाई उजागर गर्ने महोत्सवका सल्लाहकार डा. महेन्द्रकुमार मल्ले बताए । महोत्सवमा कलाकार प्रदीप खड्का, अभिनेत्री सुरक्षा पन्त सहभागी हुने बताइएको छ ।

नेपालीरैबार । २०८१ फाल्गुन १६, शुक्रबार