गुर्भाकोटका ६ सय घरपरिवारलाई विद्युतीय चुलो वितरण

सुर्खेत । सुर्खेतको गुर्भाकोट नगरपालिकाका ६ सय घरपरिवारलाई विद्युतीय चुलो (इन्डक्सन) वितरण गरिएको छ । प्रदूषणरहित भान्सा र धुवाँरहित गाउँघरको विकासका लागि गुर्भाकोट नगरपालिका ,SVN र ENDEV को आर्थिक तथा प्राविधिक सहयोगमा पालिकाका ६ सय घरधुरीलाई विद्युतीय चुलो वितरण गरिएको नगर प्रमुख हस्त पुनले जानकारी दिए । उनका अनुसार दाउरा र ग्यासको खपत घटाएर जलवायु परिवर्तनका असर न्यूनीकरण तथा वातावरण संरक्षणका लागि नगरपालिकाले विद्युतीय चुलो वितरणको हो ।

SNV र ENDEV को सहयोगमा संचालित विद्युतीय चुलो प्रवर्द्दन कार्यक्रम अन्तरगत ६ सय घरधुरीलाई विद्युतीय चुली वितरण गरिएको हो। पालिकाको सवै वडाबाट विद्युतीय चुलोको माग सङ्ख्या ७ सय भएपनि ६ सय जनालाई मात्र यो पटक विद्युतीय चुली वितरण गरिएको नगर प्रमुख पुनले जानकारी दिए । नगरपालिकाको एक हजार,उपभोक्ताको दुई हजार एक सय पचास र सस्थाको दुई हजार एक सय पचास गरि पाँच हजार तिन सय मा विद्युतीय चुली वितरण गरिएको हो।

वातावरणको क्षेत्रमा काम गर्ने सिलसिलामा गुर्भाकोट नगरपालिकामा पनि विद्युतीय चुलो वितरण गरिएको SNV र ENDEV प्रोजेक्ट लिडर शुवास ढकाल जानकारी दिए । चुलोसँगै यसमा प्रयोग गर्न मिल्ने भाँडा पनि वितरण गरिएको छ। प्रदूषणमुक्त समाजका लागि विद्युतीय चुलोको भरपुर उपभोग गर्न समेत उनले आग्रह गरे ।

तपाईको प्रतिक्रिया