सल्यान जिल्लाको राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिताको उपाधि शारदा नगरपालिकाको हातमा

सल्यान । सल्यानको जिल्ला स्तरीय १५ औ राष्ट्रपति रनिङ शिल्ड खेलकुद प्रतियोगिताको उपाधि शारदा नगरपालिकाले हात पारेको छ । उक्त खेलकुद प्रतियोगितामा शारदा नगरपालिकाले १५ स्वर्ण ७ रजत र ५ कांस्य हात पार्दै प्रथम स्थान हासिल गर्न सफल भएको हो।

यस्तै ११ स्वर्ण ४ रजत र १२ कांस्य हात पार्दै छत्रेश्वरी गाउँपालिका दोस्रो स्थान हासिल गर्न सफल भएको छ। भने १० स्वर्ण ३ रजत र ३ कांस्य हात पार्दै कुमाख गाउँपालिका तेस्रो स्थान हासिल गर्न भएको छ। ६ स्वर्ण १२ रजत र ६ कांस्य सहित कपुरकोट गाउँपालिका चौथो स्थान हासिल गर्न सफल भएको जिल्ला खेलकुद विकास समितिका अध्यक्ष खड्क आचार्यले जानकारी दिए ।

उनका अनुसार बागचौर नगरपालिका ३ स्वर्ण ५ रजत र ७ कांस्य त्रिवेणी गाउँपालिकाको २ स्वर्ण ३ कांस्य र ६ रजत, सिद्ध कुमाख गाउँपालिका १ स्वर्ण १ रजत र ११ कांस्य बनगाड कुपिण्डे नगरपालिका १ स्वर्ण १ रजत र ४ कांस्य , कालीमाटी गाउँपालिका ० स्वर्ण १० रजत र १० कांस्य र दार्मा गाउँ पालिकाले प्राप्त गरेका छन् ।

यस्तै विभिन्न विधाका खेलमा उत्कृष्ट खेलाडी छनोट भएका छन् । भलिबलमा छात्रा तर्फ लक्ष्मी बिक र रोहित शाही रहेका छन् यी दुबै खेलाडी कुमाख गाउँपालिकाका हुन। यस्तै कबड्डी तर्फ छात्र सुरेश सिंह बनगाड नगरपालिका र छात्रा तर्फ बिन्दु घर्ती छत्रेश्वरी गाउँपालिकाका रहेका छन् । यस्तै एथलेटिक्स तर्फ छात्र राजेश के।सी शारदा नगरपालिका र छात्रा तर्फ सिर्जना बि।क कुमाख गाउँपालिकाका रहेका छन् भने तेक्वान्दो तर्फ छात्र प्रमोद बुढाथोकी र छात्रा डिला बि.क रहेका छन् यी दुबै खेलाडी शारदा नगरपालिकाका रहेका छन्।

जिल्ला खेलकुद विकास समिति सल्यानको आयोजना र नारायण माध्यमिक विद्यालयको सह आयोजना तथा कुमाख गाउँपालिकाको आर्थिक सहयोगमा कुमाख गाउँपालिकाको वडा – २ र नारायण माध्यमिक विद्यालयको प्राङ्गणमा १५ औ जिल्ला स्तरीय राष्ट्रपति शिल्ड खेलकुद प्रतियोगिता गत १५ गते देखी सुरु भएको थियो ।

तपाईको प्रतिक्रिया