
वीरेन्द्रनगर । सुर्खेतको भेरीगंगा नगरपालिका वडा नंं २ मोहटीस्थित सामुदायिक माध्यमिक विद्यालयमा कक्षा ९ मा अध्ययनरत छिन् बिनिता शाही । घरबाट करीव आधि घण्टाको पैदल दुरीमा छ स्कुल । तैपनी बिनितालाई स्कुल जानै मन लाग्दैन्थ्यो, अभिभावकले दैनिक कर गर्नुपथ्र्यो । किन भने, उनलाई बिद्यालय आउन आधा घण्टा लाग्थ्यो तर बिद्यालय आईसकेपछि फेरी पानी खान ४५ मिनेटको दुरी प्रदल हिडेर फेरी गाँउ जानुपथ्र्यो । तर अहिले उनी उत्साहित भएर बिद्यालय आउछिन् ।
उनले भनिन्, ‘मलाई पहिले खानेपानीको समस्याकै कारण बिद्यालय आउन मन लाग्दैन थियो । बिद्यालयमा बोतलमा भरेर बिहान ल्याएको पानी हाफ्टाईमसम्म पुग्दैन थियो । फेरी पानी लिन जान आउन करीब डेड घण्टाको पैदल हिड्नु पथ्र्यो । पानी पिउनै जाँदा थकाई लाग्यो । बिद्यालयमा पढ्न मन पनि लादैन थियो । कहिले काँही त पानी खान जाँदा आधा पढाई नै छुट्यो । तर अहिले हाम्रो बिद्यालयमा बालमैत्री धारा बनेको छ । हामीले जति बेला पनि शुद्ध पिउने पानी बिद्यालयमै कल कल खाउन पाउने भएका छौँ ।’
सामुदायिक बिद्यालय मोहटीमा कक्षा ९ मै अध्यायनरत अर्का छात्र नविन मिजारको पनि पीडा उस्तै थियो । उनले भने, ‘गाँउमा पानी भर्ने बोतलहरु पनि नपाईने प्लाष्टिकको बट्टामा पानी भरेर बिद्यालय ल्याउनु पथ्र्यो । त्यो पनि दिनभरलाई पुग्दैन थियो । कहिले त साथिहरुले पनि खाईदिन्थ्ये । फेरी पानी लिन जाँदा पढाई नै छुट्थ्यो । त्यसैले बिद्यालय आउन मन लाग्दैन थियो । तर अहिले हाम्रो गाँउमा भन्दा बिद्यालयमा राम्रो पानीको व्यवस्था छ । महिला पुरुष शौचालयको पनि उस्तै राम्रो व्यवस्था छ । त्यसैले अहिले खुसीले बिद्यालय आउन मन लाग्ने भएको छ ।’
बिनिता र नविन जस्तै आजभोली मोहटीको बिद्यालयमा पढ्ने सबै बिद्यार्थीहरु खुसीका साथ बिद्यालय आउन थालेका छन् । बिद्यालयमा व्यवस्था गरिएको बालमैत्री स्वच्छ खानेपानी धारा र छात्र छात्रा शौचालयले यहाँका बिद्यार्थीको मुहारमा खुसी ल्याएको छ । उनीहरु सबै दंग छन् । सामुदायिक बिद्यालय मोहटीमा कक्षा ६ मा अध्ययनरत उमेश विकले भने, ‘स्कुलमा बालमैत्री धारा छ । जहाँ नियमित पानी आउछ । ट्याइलेट पनि सफा र सुरक्षित छ । त्यसैले आजकल त स्कुल जान झ्याउ लाग्दैन ।’
सुन्दा सामान्य लाग्न सक्छ, तर मोहटीका बिद्यार्थीले बर्षौँदेखी भोगेको पीडा र खानेपानी उपलब्ध पछि उनीहरुमा देखिएको सकारात्मक परिवर्तन उल्लेखनीय छ । दुई महिना पहिले त्यस बिद्यालयमा बिद्यार्थीको नियमितता र अहिले निकै परिवर्तन भएको छ । बिद्यालयका प्रधानाध्यापक भीमबहादुर राउवतले भने, बिद्यालयमा खानेपानी र शौचालयको समस्याले बिद्यार्थी नियमितता हुँदैन थियो । निकै समस्या भोगिरहेका थियौँ । तर अहिले भेरीगंगा नगरपालिकाको समन्वयमा केएनएफआईडी नेपालले बालमैत्री धारा र बालमैत्री शौचालय निर्माण गरिदिदा बिद्यालयमा बिद्यार्थीको नियमितता ह्वात्तै बढेको छ ।’
उनका अनुसार मोहटी बिद्यालयका झण्डै ५ सय बिद्यार्थीलाई पानी पिउनकै लागि दिनहुँ समस्या हुन्थ्यो । बिद्यालयको सय मिटर तल भेरी बगिरहेको थियो । तर त्यहाँ जान सहज थिएन । बिद्यालयको मुनी भीर भएकाले बिद्यालय जालीले घेरबार गरिएको थियो । तर केएनएफआईडी ७५ मिटर गहिरो डिबोरिङ हानेर ल्याव टेष्ट गरी १३ लाख लागतमा नियमित प्रयाप्त शुद्ध पानी निकालिदिएपछि अहिले निकै सहज भएको छ । त्यसैले ९ लाखको लागतमा बालमैत्री शौचालय पनि बनाईदिएपछि त झन सुविधायुक्त बिद्यालय बनेको छ । जसमा भेरीगंगा नगरपालिका, बिद्यालय व्यवस्थापन समिति र केएनएफआईडीको उल्लेखनीय भूमिका रहेको छ ।
भेरीगंगा वडा नं. २ को सामुदायिक माविमा मात्र होईन, वडा नं. ४ स्थित नेपाल राष्ट्रिआधारभुत बिद्यालयमा पनि २२ लाखको लागतमा बालमैत्री धारा र बालमैत्री शौचालय निर्माण गरिएको छ । भेरीगंगा वडा नं. २ को सामुदायिक माविमा निर्माण भएका बालमैत्री धारा र शौचालय सोमबार उद्घाटन गर्दै भेरीगंगा नगरपालिका प्रमूख यज्ञप्रसाद ढकालले भने, ‘सहयोगी हातहरुले हाम्रो नगरपालिकाको २ वटा बिद्यालयमा निकै राम्रा बालमैत्री धारा र सुविधायुक्त बालमैत्री शौचालय निर्माण गरिदिए । अब नगरका अन्य वडामा रहेका बिद्यालयमा पनि सहयोग गर्नका लागि हामीले केएनएफआईडीलाई आग्रह गरेका छौँ ।’
केएनएफआईडीका निर्देशक नारायण गिरीले भेरिगंगा नगरपालिकाका २ वटा बिद्यालय मात्र नभई कर्णालीका बिभिन्न जिल्लामा बालमैत्री धारा, शौचालय निर्माणका साथै अन्य सरसफाईका कामहरु भईरहेका छन् । उनले भने, ‘बिद्यार्थीहरुको सुविधालाई मध्यनजर गरी हामीले हरेक बिद्यालयलाई सुविधा सम्पन्न बनाउने अभियान चलाईरहेको छौँ । तर बनेका यि संरचनाहरुको दिगोपनाका लागि नगरपालिका र बिद्यालयले ध्यान दिनुपर्छ ।’
कार्यक्रममा भेरीगंगा नगरपालिका उपप्रमूख धनसरा बोहोराले भेरिगंगा नगरपालिकाले बिभिन्न सहयोगी हातहरुसँग समन्वय गरी सबै बिद्यालयहरुलाई सुविधायुक्त बनाउदै जाने बताईन् । उनले भनिन्, ‘हामी जनताका समस्याहरु समाधानका लागि अभियानमै छौँ । जसका लागि सहयोगी नियकाहरुसँग समन्वय गरिरहेका छौँ । कार्यक्रममा ओल्डसरी कारियाकी प्रतिनिधि हेलिम जङले बिद्यालयमा बनेका धारा र शैचालयलाई आफ्नै घरको जसरी संरक्षण गर्नुपर्ने बताईन् ।
उनले भनिन्, ‘बिद्यालय हाम्रो हो । बिद्यालयमा बनेका संरचनाहरु पनि हाम्रा हुन् । हामीले नै यसको संरक्षण र सरसफाईमा ध्यान दिनुपर्छ भन्ने भावना सबैको हुनुपर्छ ।’ कार्यक्रममा भेरीगंगा नगरपालिका प्रमूख ढकालले बालमैत्री धारा र शौचालय निर्माणको काम समयमै सम्पन्न गर्ने निर्माण व्यवसायी अमर शाही र सहयोगी निकायहरुलाई सम्म्मान पनि गरेका थिए ।

नेपालीरैबार । २०८१ फाल्गुन २६, सोमबार