
सुर्खेत । कर्णाली प्रदेशका मुख्यमन्त्री एवम् नेकपा एमाले स्थायी कमिटी सदस्य यामलाल कँडेलले नेकपा एमालेका एमालेले सरकारको नेतृत्व गर्दा नागरिक शिर उचो हुने गरि काम गरेको बताएका छन् ।
आज नेकपा एमाले भेरीगंगा नगर कमिटीले आयोजना गरेको नगर स्तरिय प्रशिक्षक प्रशिक्षण कार्यक्रमलाई सम्बोधन गर्दै एमालेले सरकारको नेतृत्व गरेको सरकारले नाकाबन्दीको सामना गरेर अब कहिले नाकाबन्दी नहुने गरि उत्तरी नाख खोलेको र संविधानको विरोध गरेका दललाई समेत सहमत गराएर चुच्चे नक्सा जारी गर्ने देखि धेरै राष्ट्रहितको काम गरेको मुख्यमन्त्री कँडेल उल्लेख गरे ।
राष्ट्रियता र राष्ट्र रक्षाको लागि काम गर्दा सरकारलाई घेराबन्दी गर्ने काम भईरहेको यसलाई सामना गर्न सबै हुनु पर्नेमा मुख्यमन्त्री कँडेलको जोड थियो । कार्यक्रमा नेकपा एमाले केन्द्रीय सदस्य नवराज रावत, ठम्मर विष्ट प्रदेश कमिटी सचिव धुव्र शाही जिल्ला अध्यक्ष कुलमणी देवकोटा लगाएको सहभागी थियो ।

नेपालीरैबार । २०८१ चैत्र १, शुक्रबार