विद्यालयलाई आर्थिक गतिविधिमा जोड्नुपर्छ : मन्त्री भण्डारी

सुर्खेत ।  कर्णालीका सामाजिक विकास मन्त्री घनश्याम भण्डारीले विद्यालयलाई आर्थिक गतिविधिमा जोड्न शिक्षा योजनामा मुख्य प्राथमिकता राख्नुपर्ने सुझाव दिएका छन् ।

आईतबार कर्णाली प्रदेशको शिक्षा योजनाको मस्यौदामाथिको छलफल कार्यक्रममा बोल्दै उनले शिक्षा र आर्थिक विकासलाई सँगै लिनुपर्ने बताए । यसका लागि स्थानीय पाठ्यक्रममा उत्पादनको विषय जोड्नुपर्ने र व्यवसायीकरण गर्नुपर्ने सुझाव राखे । मन्त्री भण्डारीले प्रदेश योजना बनाउँदा पालिकाको शिक्षा योजना पृष्ठपोषणका रूपमा लिन सकिने बताए । ती योजनालाई प्रदेश र स्थानीय तहबीचको तदम्यता मिलाउन आग्रह गरे ।

योजना बनाउने तर उपयोग नहुने कारणले जनतामा वितृष्णा जागेको बताउँदै योजना निर्माण गर्दा विज्ञको सहभागिता अनुरुप कार्यान्वयन गर्ने निकायका कर्मचारीले ध्यानपूर्वक सहभागी हुन आवश्यक रहेको टिप्पणी गरे ।

तपाईको प्रतिक्रिया