प्रचण्डसँग सम्पर्कको प्रयास जारी : प्रधानमन्त्री ओली

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले प्रमुख प्रतिपक्षी दलका नेता तथा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालप्रचण्डुसँग पटकपटक सम्पर्कको प्रयास गर्दा पनि नभएको गुनासो गरेका छन् ।

बिहीबार प्रतिनिधिसभा बैठकमा सांसदसँगको प्रश्नोत्तर कार्यक्रममा जवाफ दिनेक्रममा ओलीले शान्तिप्रक्रियाका कामहरू यथाशक्य टुंग्याउने विषयमा छलफल गर्न प्रचण्डसँग सम्पर्कका लागि प्रयास गरिरहेको बताएका हुन् । बेपत्ता पारिएका व्यक्तिको छानबिन आयोग र सत्य निरुपण तथा मेलमिलाप आयोगका पदाधिकारी नियुक्ति प्रक्रिया यथाशक्य छिटो टुंग्याउन सरकार प्रतिबद्ध छ ।

शान्ति प्रक्रियाका बाँकी काम टुंग्याउनुपर्छ भनेर आफू लागिरहेको भन्दै उनले विपक्षी दलका नेतासँग सम्पर्कको प्रयास गरिरहेको बताए । शान्तिप्रक्रियाका कामहरू टुंग्याउन म प्रयासरत छु उनले भने, यसमा म विपक्षी दलका नेताज्यूसँग सम्पर्क गर्न खोजिरहेको छु । मैले पटकपटक प्रयास गर्दा उनको स्वास्थ्यमा केही समस्या भएको भन्ने बुझेको छु। शान्तिप्रक्रियाको काम टुंग्याउने सरकारले काम गरिरहेको उनले दोहोर्‍याए ।

तपाईको प्रतिक्रिया