नेपाली चलचित्र महाभोजका लागि गीत रेकर्ड

काठमाडौँ । निर्देशक तथा अभिनेता निश्चल बस्नेतले जेठ १५ गते प्रदर्शनमा आउने नेपाली चलचित्र महाभोजका लागि नयाँ गीत रेकर्ड गरेका छन् । काठमाडौँको स्टुडियो फिलमा उनले ‘लालुमै’ शीर्षकको गीत रेकर्ड गरेका हुन् । गीतमा हर्क साउदको शब्द तथा केतन क्षेत्रीको सङ्गीत रहेको छ ।चलचित्रलाई निर्देशक दिनेश राउतले निर्देशन गरेका छन् । चलचित्रमा आर्यन सिग्देल, दयाहाङ राई, खगेन्द्र लामिछाने, अञ्जना बराइली, गौमाया गुरुङ, मलिका महत, वसुन्धरा भुसाल, मोहन निरौला, बुद्धि तामाङलगायतका कलाकारको अभिनय रहेको छ ।

तपाईको प्रतिक्रिया