जिल्ला सहकारी संघ सुर्खेतको अध्यक्षमा प्रकाश तिमिल्सेना निर्विरोध

वीरेन्द्रनगर । जिल्ला सहकारी संघ सुर्खेतको नयाँ नेतृत्व चयन भएको छ । सहकारीका नयाँ पदाधिकारी निर्विरोध चयन भएका हुन् । अध्यक्षमा प्रकाश कुमार तिमिल्सेना निर्विरोध निर्वाचित भएको संघका व्यवस्थापक ढाकाराम न्यौपानेले जानकारी दिए । उनका अनुसार नयाँ नेतृत्वमा आउने सबै पदाधिकारीले पदभार ग्रहण समेत गरेका छन् । यस्तै उपाध्यक्षमा गोविन्द प्रसाद शर्मा, महिला उपाध्यक्षमा पवित्रा बुढा, सचिवमा प्रेम कुुमार बि.सी र कोषाध्यक्षमा बल बहादुुर नेपाल विर्विरोध निर्वाचित भएका हुन् ।

यस्तै सदस्यहरुमा सोम प्रसाद दाहाल,कल्पना खत्री,प्रतिमा शर्मा,बम्बा जिसी,शिव प्रसाद कंडेल,लक्ष्मण पौडेल,गोकर्ण बहादुर गुरुग्ग,डाक्टर हरी प्रसाद शर्मा, दिपकराज रोकाय र विष्णुकुमारी खड्का, निर्वाचित भएका छन् । यस्तै लेखा सुपेरिबेक्षणमा, संयोजक जित बहादुर राना सदस्यहरु,चरित्र कुमार विसी र विमला जिसी निर्वाचित भएका छन ।

संघको १४ ओैं वार्षिक साधारण सभा तथा चौथो अधिवेशनले नयाँ पदाधिकारी निर्विरोध चयन गर्न सफल भएको हो । अधिवेशन निर्वाचन समितिका संयोजक दुर्गाप्रसाद सापकोटाले निर्विरोध निर्वाचन सफल गर्न सकारात्मक भुमिका खेल्न सबैलाई धन्यवाद व्यक्त गरे ।

संघका पुर्व अध्यक्ष अमृत कुमार बि.सीले नयाँ नेतृत्वको ४ वर्षको कार्यकालबाट उदारणिय काम हुने अपेक्षा व्यक्त गरे । उनले भने, उत्कृष्ट सहकारी संघको योजना बनाएर अघि बढ्न अनुरोध छ । यसका लागि आवाश्यक पर्ने सहयोग गर्नतयार छौं । युवा र बलियो जागर भएको नयाँ टिम आएकाले संघले केहि फरक काम गर्ने अपेक्षा छ ।

हिमाली सहकारी संस्थाका अध्यक्ष वीर बहादुर रावतले पछिल्लो समय सहकारीको अवस्था गम्भीर रहेको उल्लेख गर्दै आलोचना नहुने गरि पारदर्शी तरिकाले अरुभन्दा फरक भएर काम गर्न नयाँ नेतृत्व टिमलाई सल्लाह दिए । हाल जिल्ला सहकारी संघमा ५१२ सहकारी आवद्ध छन् । तीनि सहकारीहरुको अनुगमन गरि वास्तविक रिपोर्ट तयार गरेर सहकारी सुुदृढिकरण र संस्थागत विकासका लागि काम गर्नुपर्ने बाध्यता आइपरेको उनले सुुझाब दिए ।
राष्ट्रिय सहकारी महासंघका हरिहरनाथ योगीले सबै सहकारी संस्थाको अभिभावक संस्था जिल्ला सहकारी संघ रहेको उल्लेख गर्दै अभिभावक अनुसारकै नेतृत्व गर्नेगरि समितिले काम गर्नुपर्ने र आफ्नो क्षमता पनि विकास गर्नुपर्ने बताए । सहकारी संघको पदाधिकारी भइसकेपछि अवसरसँगै चुनौती पनि धेरै रहेको भन्दै त्यसको सामना गर्नेगरि काम गर्नुुपर्ने उनको भनाइ छ ।
तपाईको प्रतिक्रिया