माध्यमिक शिक्षा परीक्षा (एसईई) आज औपचारिक रूपमा सम्पन्न

काठमाडौँ । २०८१ सालको माध्यमिक शिक्षा परीक्षा (एसईई) आज औपचारिक रूपमा सम्पन्न भएको छ। चैत्र ७ गतेदेखि सञ्चालन भएको परीक्षा आज सम्पन्न भएसँगै विद्यार्थीहरूबीच छुट्टिने बेला विशेष तरिकाले मनाइरहेका छन् ।

परीक्षा सकिएपछि विद्यार्थीहरूले सम्झना र मायाको चिनो स्वरूप एक–अर्काका टिसर्ट तथा सर्टमा शुभकामना सन्देश लेख्ने परम्परा पछिल्लो समय निकै प्रचलित बनेको छ। साथीहरूबीचको मित्रता झल्काउने यस शैलीमार्फत उनीहरूले आपसी सम्बन्ध बलियो बनाउने प्रयास गरिरहेका छन् ।

विद्यार्थीहरूले भविष्यका योजनाबारे एक अर्कासँग कुराकानी गर्ने, स्कुले जीवनका यादहरू सेयर गर्ने र अगामी लक्ष्यबारे प्रेरणादायी सन्देश आदानप्रदान गर्ने क्रम चलिरहेको छ । यसरी टिसर्टमा लेखिएका सन्देशहरू विद्यालय जीवनका अमूल्य क्षणहरूको स्मरणका रूपमा रहने विश्वास विद्यार्थीहरूले व्यक्त गरेका छन् ।

एसइई परीक्षा सकिएसँगै विद्यार्थीहरू अब नतिजाको प्रतीक्षामा रहनेछन्, साथै उच्च शिक्षाका लागि तयारी गर्ने चरणमा प्रवेश गर्दै छन् ।

तपाईको प्रतिक्रिया