सुर्खेत । कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कडेलले कर्णाली प्रदेश सरकारको बागडोर सम्हालेको एक वर्ष पूरा भएको छ । आज पत्रकार सम्मेलन गर्दै उनले एक वर्षका उपलब्धि सार्वजनिक गरेका हुन् । कडेल २०८० चैत्र २७ गते नेकपा (माओवादी केन्द्र) को समर्थनमा मुख्यमन्त्री बनेका थिए ।
कर्णालीमा कडेल अघि माओवादी केन्द्रका महेन्द्रबहादुर शाही, राजकुमार शर्मा र कांग्रेसका जीवनबहादुर शाही मुख्यमन्त्री बनेका थिए ।
कडेलले कार्यभार सम्हालेदेखि नै उपलब्ध संरचना, प्रणाली र जनशक्तिलाई प्रभावकारी रुपमा संयोजन गरेर कर्णालीवासीको विकास, सुशासन, सामाजिक न्याय र समृद्धि हासिल गर्ने दिशामा सबै सरोकार पक्षसँग सहकार्य गर्दै अगाडि बढेको बताए ।
‘नयाँ नयाँ कार्यक्रम ल्याइने तर पूरा नहुने समस्यालाई सूक्ष्म विश्लेषण गर्दै प्रदेश सरकारबाट विगतमा सुरुवात गरिएका महत्त्वपूर्ण र रणनीतिक कार्यक्रमलाई आवश्यक सुधारसहित नतिजामूलक ढङ्गबाट कार्यान्वयन गर्न जोड दिएको छु,’ उनले भने ।
उनीसँग पूर्वमेयर, पूर्वकेन्द्रीय मन्त्री, पूर्वसांसद, संविधानसभा सदस्य भएको समेत अनुभव छ । एमालेका स्थायी कमिटी सदस्य रहेका कँडेलले एक वर्षमा के-के गरे ?
यी हुन् कडेलले एक वर्षमा गरेका प्रमुख कार्य

नेपालीरैबार । २०८१ चैत्र २८, बिहीबार