नेपालमा सञ्चालन भएका ३४००० हजार भन्दा माथि विद्यालयको पठन पाठनमा सुधार ल्याउन सम्पूर्ण पक्षको जिम्मेवारी महत्वपूर्ण छ। तर वर्तमान सन्दर्भमा अरु सबै पानीमाथी ओभानो बनी उम्किएर शिक्षकलाई मात्र दोष देखाउने सन्दर्भ देखिन्छ । शिक्षकप्रति हेर्ने दृष्टिकोर्ण र व्यवहारमा परिवर्तन गर्न अति नै आवश्यक देखिन्छ । सामुदायिक विद्यालयलाई सुधार ल्याउन राज्यकै स्पष्ट नीति तथा कार्यक्रम आउनुपर्थ्यो त्यो देखिदैन ।
स्पष्ट निति तथा कार्यक्रममा नै ठूलो धनराशी खर्च भएको देखिन्छ ।यत्रो धनराशी खर्च गरी स्पष्ट धारणा सरकार पक्षबाट नदेखिनु समस्या हो। यो अर्को विडम्वना हो । प्रदेश सरकारबाट आंशिक काम नभएका त होइनन भएका पनि बिचमै रुमल्लिएका छन्। त्यी सम्बधित क्षेत्रमा नै नपुगि विचमा तुहिएर गएका जलन्त उदाहरण हाम्रा सामु छरपष्ट छन । (कर्णाली प्रदेशको सन्दर्भमा जस्तै एक जिल्ला एक नमुना विद्यालय ) अब आयो स्थानीय तहको कुरा । स्थानीय तहमा शिक्षा सम्बन्धी थुप्रै कार्यक्रम देखिन्छ। ती कार्यकाम आफूमुखी, भत्तामुखी र झारा टार्ने प्रवृत्ति बाहेक धेरै अरु केही देखिदैन । स्थानीय स्तरमा भएका पालिका प्रमुख, उपप्रमुख ,शिक्षा प्रतिनिधि ,शिक्षा अधिकृत , शिक्षा प्राविधिक सहायले पनि स्पष्ट मार्गचित्र कोर्न नसक्नु अर्को विडम्बना हो। शिक्षा सम्बन्धी कुनै तालिम, गोष्ठि, सेमिनारमा समानुपातिक सिद्धान्तबाट सबै शिक्षकको समान प्रतिनिधित्व नगरी आफू खुशी आफ्ना नातागोता ,आफ्नालाई पटकपटक त्यस्ता कार्यक्रममा समावेश गर्दा अन्य शिक्षक, कर्मचारी नै शैक्षिक अवसरबाट बञ्चित हुने कार्य भइरहेकोछ। यसरी पटकपटक एउटै शिक्षक कर्मचारीले अवसर पाए अन्य शिक्षक कर्मचारीको क्षमता विकासमा रोक लाग्ने देखिन्छ ।
यस्तो गरे शैक्षिक गुणस्तरमा कसरी सुधार ल्याउन सकिन्छ? अब आयो विद्यालय भित्रको कुरा सामुदायिक विद्यालयमा पठनपान गर्ने विद्यार्थी भनेके आर्थिक अवस्था कमजोर भएका, निमुखा, दुःखी ,पीडित व्यक्ति कै बालबालिका हुन् भन्दा अन्यथा नहोला । यिनीहरु माथि नै रजाइ गर्न अधिकांश विद्यालयमा विद्यालय व्यवस्थापन समिति गठन गर्दा राजनैतिक पाटीगत भागवन्डा गरी प्रतिनिधिहरु छनोट गर्ने तितोसत्य देखिन्छ। विद्यालय व्यवस्थापन समिति छनोटमा दक्ष, योग्य, क्षमतावन, वौद्धिक व्यक्तिको प्रवेशले विद्यालयको शैक्षिक अवस्था र भौतिक व्यवस्थापन प्रभावकारी हुन्थ्यो होला तर पाटीगत भागवण्डा र टिका लगाइ प्रवेश गरेका व्यक्तिबाट सुधारको के अपेक्षा गर्न सकिन्छ? विव्यसमा नियुक्त हुन वित्तिकै उनीहरूले हिर्काउने भनेकै शिक्षक माथि नै हो।
शिक्षक नै विव्यासका आँखाका कसिङ्गार बनेको हुन्छ । अधिकांश विद्यालयमा शिक्षक छनोट गर्नु पर्ने भयो भने क्षमतावन, दक्ष, योग्य शिक्षक छनोट नगरी राजनैतिक दवाव, प्रभाव, प्रलोभनमा परी अदक्ष योग्यता नै नपुगेका पाटीका झोला बोकेका, चाकडी गरेका, चाप्लुसी गरेका आफ्नो नजिकका व्यक्तिलाई शिक्षकमा भर्ना गर्ने परिपाटी नयाँ र नौलो होइन भन्नु असन्दर्भिक नहोला। शिक्षा क्षेत्रको सुधारमा यी सबै विकृति र व्यथिती रोकिनुपर्छ तब मात्र शिक्षा क्षेत्रमा सुधार आउँछ। विद्यालयमा शैक्षिक गुणस्तर ल्याउनमा प्रधानाध्यापक र शिक्षको अहम भूमिका देखिन्छ। शिक्षक र प्रधानाध्यापकले शैक्षिक प्रणालीमा वेवास्ता गरे शैक्षिक गुणस्तर सुधार आउने अपेक्षा नगरेहुन्छ। विद्यालय व्यवस्थापन समितिले असल शैक्षिक वातावरण निर्माण गर्नुपर्छ। विद्यालयका भौतिक संरचना निर्माणमा जोड दिनु पर्छ। बजेटका विषयवस्तुमा ध्यान दिएर भौतिक र नैतिक पक्षको ख्याल गरी सुधार गर्नुपर्छ । र त शैक्षिक गुणस्तर सुधार ल्याउन मद्दत पुग्छ। विडम्वना तर त्यो देखिदैन ।
सँधै शिक्षकमाथी तीखा वाण प्रहार गर्न विव्यस माहिर देखिन्छ । यद्दपि मैले शिक्षक केही नविराउने र केही नगर्ने वबुरो हो भन्न खोजीको चाँहि हैन । शिक्षक पनि त आफ्नो कर्म ,धर्म विर्सिएर अन्य काम तिर लागेको पनि पाइन्छ । यस्ता शिक्षकलाई सजय गर्नुपर्छ। तर त्यस्ता शिक्षकलाई विभागीय कार्वाही नगर्नु र राजनैतिक संरक्षण गर्नु अर्को विडम्बना हो। उनीहरुलाई कार्वाही गर्न नसक्नु अर्को शैक्षिक गुणस्तरमाथिको प्रश्न खडा हुनु हो। विद्यालयका प्र.अ .र शिक्षकको कार्यसम्पादनमा प्रश्न उठाउने , उत्तदायी बनाउने जवाफदेही बनाउने समालोचना गर्ने सबैको जिम्मेवारी हो ।यसो गरे मात्र थप जिम्मेवारी महसुस हुन्छ , संस्था बलियो बन्छ र पठनपाठन प्रभावकरी बन्छ।
सेवा आयोगको परीक्षा पास गरी बच्चावच्चीलाई योग्य र दक्ष नागरिक बनाउने सपथ खाएर आएका शिक्षकले त्यो नगर्नु अर्को समस्या हो। विद्यालयमा विद्यार्थी भर्ना गरिसकेपछि हाम्रो सबै जिम्मेवारी सकियो सोच्ने अर्को सरोकार पक्ष अभिभावक पनि छ। विद्यार्थीको भर्ना पश्चत तपाईको अभिभार सकिएको छैन अभिभावकज्यु । एउटा विद्यार्थी शिक्षकसँग बिहान १० बजे देखि बेलुका ४ बजेसम्म मात्र रहन्छ। यो जम्मा ६ घाण्टा हो । १८ घण्टा तपाइको बच्चा तपाइसँगै छ नि त अभिभावकज्यू। त्यो १८ घण्टामा उसलाई सुत्ने समय छुट्याएर अरु समय दैनिक रुटिन अनुसार पठन पाठनमा सहभागि गराइदिनुहोस् न त ।अभिभावक आफ्ना बालबालिकाप्रति उदासिन देखिनु अर्को विडम्वना हो । आफ्ना बालबालिकाको पढाइमा थोरै चासो देखाएको भए बच्चाबच्चीमा केही सुधार त अवस्य आउँछ ।

नेपालीरैबार । २०८२ बैशाख २, मंगलवार