राष्ट्रपति रनिङ शिल्डमा तिलागुफा विजेता, खेलाडीलाई सम्मान

कालिकोट । जिल्लास्तरीय राष्ट्रपति रनिङ शिल्ड खेलकूदका विजेतालाई तिलागुफा नगरपालिकाले सम्मान तथा पुरस्कार प्रदान गरेको छ ।

पचालझरना गाउँपालिकामा जिल्ला खेलकूद समितिले गरेको १५ औं राष्टपति रनिङ शिल्ड प्रतियोगितामा तिलागुफाले १४ स्वर्ण पदक जित्दै विजेता भएको थियो । प्रतियोगितामा नगरपालिकाको प्रतिनिधित्व गर्दै विजेता खेलाडीहरूलाई आइतबार मेयर शंकर उपाध्यायले सम्मान तथा नगद पुरस्कार प्रदान गरे। खेलाडीहरूलाई बाजागाजासहित नगर परिक्रमा समेत गराइएको थियो।

नगरपालिकाले स्वर्ण पदक विजेता खेलाडीहरूलाई जनही ५ हजार रुपैयाँसहित पुरस्कृत गरेको छ। त्यस्तै, रजत पदक विजेता खेलाडीहरूलाई नगद ३ हजार रुपैयाँ र कास्य पदक विजेता खेलाडीहरूलाई २ हजार रुपैयाँका दरले पुरस्कृत गरिएको छ। यसवर्षको राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा नरहरिनाथ गाउँपालिका ७ स्वर्णसहित दोश्रो भयो भने ४ स्वर्ण सहित पलाँता गाउँपालिका तेश्रो भयो।

तपाईको प्रतिक्रिया