सुनको मूल्यमा उच्च वृद्धि, प्रतितोला एक लाख ९७ हजार

काठमाडौँ । नेपाली बजारमा सुनको मूल्य प्रतितोला दुई लाख रुपैयाँ नजिक पुगेको छ । आज मंगलबार छापावाला सुनको भाउ एक लाख ९७ हजार नौ सय रुपैयाँ पुगेको छ ।

सोमबार प्रतितोला एक लाख ९१ हजार रहेको सुनको भाउ आज एकै दिन छ हजार नौ सय रुपैयाँ बढेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । यता, आज असली चाँदीको भाउ पनि बढेको छ ।

सोमबार प्रतितोला एक हजार नौ सय ६० रुपैयाँका कारोबार भएको चाँदी आज एक हजार नौ सय ७० रुपैयाँमा कारोबार भइरहेको छ ।

तपाईको प्रतिक्रिया