एमाले सुर्खेतले ग¥यो कम्युनिष्ट योद्धालाई सम्मान

सुर्खेत । नेकपा एमाले सुर्खेतले १२ ज्येष्ठ नेताहरुलाई कम्युनिष्ट योद्धाका रुपमा सम्मान गरेको छ । नेपाल कम्युनिष्ट पार्टीको ७६ औं स्थापना दिवसका अवसरमा मंगलबार जिल्ला पार्टी कार्यालयमा आयोजित कार्यक्रममा सुर्खेतको कम्युनिष्ट पार्टी निर्माणमा अतुलनिय योगना पु¥याएका व्यक्तिलाई कम्युनिष्ट योद्धा सम्मान प्रदान गरिएको हो ।

एमाले स्थायी कमिटी सदस्य एवम् कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले शहिद ऋषिप्रसाद शर्मा र हस्तबहादुर पुनलाई मरणोप्रान्त सम्मान गरे । यस्तै, केन्द्रीय सल्लाहकार सदस्यहरु बालाराम शर्मा, बालकृष्ण विसी, चुडामणी शर्मा, महेन्द्रप्रसाद शर्मा, डिलाराम गिरी, खगेन्द्रबहादुर घर्ति, हेमप्रकाश भुषाललाई कम्युनिष्ट योद्धाद्वारा सम्मान गरिएको छ ।

पार्टी जिम्मेवारीमा नरहेका कालिका चौधरी, डिल्लीबहादुर महतरा र पृथ्वीबहादुर सिंहलाई पनि कम्युनिष्ट योद्धाद्वारा सम्मान गरिएको छ । उनीहरुलाई प्रमाणपत्र र दोसल्ला ओढाएर सम्मान गरिएको थियो ।

तपाईको प्रतिक्रिया