शान्ति समाज सुर्खेतको आयोजनामा नागरिक संवाद कार्यक्रम सम्पन्न

वीरेन्द्रनगर । मानवअधिकार तथा शान्ति समाज सुर्खेतले नागरिक संवाद कार्यक्रम सम्पन्न गरेको छ । १९ औं लोकतन्त्र दिवसका अवसरमा आयोजित संवाद कार्यक्रमका वक्ताहरुले लोकतन्त्र भन्दा असल अरु कुनै तन्त्र नरहेको तर्क गरे ।लोकतन्त्रको विकल्प पनि अन्य कुनै कुरा नरहेको भन्दै राजतन्त्र पुनस्र्थापित गर्नु अस्थिपन्जर भएको सिंहलाई पुनर्जिवन दिनु जस्तै रहेको उनीहरुको तर्क थियो ।

‘सुशासनको प्रत्याभुति नागरिकलाई हुनुपर्छ भन्ने कुरामा सरकारले गम्भिररुपले लिनुपर्छ’ शान्ति समाजका महासचिव प्रकाश शाहीले भने, ‘नागरिकमा निरासा पलाउनुको मुख्यकारण कुशासन र भ्रष्टाचार हो । भने लोकतन्त्र नागरिकको प्राण हो । लोकतन्त्रको संस्थागत विकास नै आजको आवश्यकता भएका कारण सुशासन कायम गरि लोकतन्त्रको विकासका लागी सवै पक्ष गम्भिर भएर लाग्नुपर्छ ।’

देशमा अराजकता र अशान्ति फैलाउने कसैलाई छुट नभएको भन्दै शान्ति सुरक्षामा जोडदिनुपर्ने शान्ति समाज सुर्खेत शाखाका उपसभापति रणबहादुर खड्काले बताए । समाज स्थापना कालदेखि नै मानव अधिकार, शान्ति, लोकतन्त्र र अहिंसाका खातिर आफ्ना अभियानहरु संचालन गर्दै आएको उनले जानकारी दिए ।

२०६२/०६३ को ऐतिहासिक जन आन्दोलनको नेतृत्व गरेको शान्ति समाजले लोकतन्त्र स्थापनाका लागि महत्वपुर्ण भुमिका खेलेको उल्लेख गर्दै लोकतन्त्रको रक्षाका लागि शान्ति समाजले संधै वकालत गर्ने खड्काको भनाइ छ ।

तपाईको प्रतिक्रिया