सुन चाँदिको मूल्य घट्यो

काठमाडौँ । आज सुनको मूल्य तोलामा एक हजार ४०० ले गिरावट देखिएको छ ।

आइतबार प्रतितोला एक लाख ८९ हजार ७०० मा कारोबार भएको सुन आज एक लाख ८८ हजार ३०० कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ । त्यस्तै, चाँदीको मूल्य प्रतितोला २० घटेर एक हजार ९७० कायम भएको छ ।

अन्तरराष्ट्रिय बजारमा आज सुन प्रतिऔँस तीन हजार ३०० अमेरिकी डलर हाराहारीमा कारोबार भइरहेको छ ।

तपाईको प्रतिक्रिया