सुर्खेत । भगवतीमाई एकता समाज सुर्खेतको तदर्थ समिति गठन भएको छ । सोमबार वीरेन्द्रनगरमा लालबहादुर खत्री कश्यपको अध्यक्षतामा १३ सदस्यीय तदर्थ समिति गठन गरिएको हो ।
समाजको उपाध्यक्षमा मातृकाप्रसाद अधिकारी र सीता भण्डारी ,महासचिवमा प्रकाशकुमार शाही ,सचिवमा हस्तराज रेग्मी ,कोषाध्यक्षमा वीरबहादुर शाही सहकोषाध्यक्षमा नवीन दाहाल चयन भएका छन् ।
यस्तै सदस्यहरुमा बखत बुढा,अम्मरबहादुर दमाई ,ममता थापा,भगवती विसी र प्रमिला वली तिरुवा चयन भएका छन । यस्तै सोमबार समाजको पहिलो बैठकबाट समाजलाई थप क्रियाशील बनाउन ,आवश्यक सल्लाह र सुझाव लिनका लागि सल्लाहकार समिति पनि गठन गरिएको छ।
जसमा संयोजकमा डा. बिष्णुकुमार खड्का र सदस्यहरुमा डा. खगेन्द्र शाही, धिरेन्द्रप्रसाद शर्मा, सुरेन्द्र अधिकारी, भक्तबहादुर शाह , टोपबहादुर बुढा, खेमराज थापा, दुर्गाप्रसाद रेग्मी र वीरबहादुर थापा चयन भएका छन् ।
यो समाज भगवतीमाई गाउँपालिका दैलेखबाट सुर्खेतमा आइ बसोबास गरी बस्ने दाजुभाइ तथा दिदीबहिनीहरुको हितका निम्ति क्रियाशील रहने उद्देश्य रहेको जनाइएको छ।

नेपालीरैबार । २०८२ बैशाख २९, सोमबार