सुनचाँदीको मूल्य घट्यो

काठमाडौँ । बुधबारको तुलनामा आज अन्तरराष्ट्रिय बजारमा सुनको मूल्य घटेको छ । त्यसको प्रभाव स्थानीय बजारमा पनि परेको छ ।

आज तोलामा रु. तीन हजार ५०० ले सुनको मूल्य घटेको छ । चाँदीमा पनि प्रतितोला रु. ३५ ले गिरावट भएको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज एक तोला सुनको मूल्य रु. एक लाख ८१ हजार ८०० कायम भएको छ । त्यसैगरी, एक तोला चाँदी रु. एक हजार ९२५ मा बेचबिखन भइरहेको छ ।

बुधबार प्रतितोला सुन रु एक लाख ८५ हजार ३०० र त्यति नै परिमाणको चाँदी रु. एक हजार ९६० मा खरिदबिक्री भएको थियो । अन्तरराष्ट्रिय बजारमा आज एक औँस सुन तीन हजार १६० अमेरिकी डलरमा कारोबार भइरहेको अन्तरराष्ट्रिय सञ्चारमाध्यमहरूले जनाएका छन् ।

तपाईको प्रतिक्रिया