कर्णाली । संघिय सरकारको बजेटमा साविक कर्णालीलाई विगतकै जस्तो उपेक्षा गरिएको छ ।
विहिबार सार्वजानिक आगामी आर्थिक वर्ष २०८२÷८३को बजेटमा कृषि,पर्यटन,जल,जमिन,जडिबुटिको प्रचुर सम्भावना भएपनि साविक कर्णालीका जुम्ला,मुगु,कालिकोट,हुम्ला र डोल्पा जिल्लालाई बजेटमा उपेक्षा गरिएको हो । भौगोलिक रुपले विकट यहाँका जिल्लामा सडक पूर्वाधार तथा भौतिक विकास बीना समृद्धी सम्भव छैन् । तर बजेटमा केही योजनाहरु बनाईने छ,स्तरोन्नति गरिने छ, भनिएपनि अन्य जिल्ला जस्तो ठोस बजेट कुनै पनि योजनामा उल्लेख भएको छैन् । सडक पूर्वाधारका क्षेत्रमा कर्णाली करिडोरमा एक अर्ब २७ करोड उल्लेख भएको बाहेक साविक कर्णालीका जिल्ला संग जोडिएका कुनै पनि योजना छुट्टै बजेटनै विनियोजन भएको छैन् । योजना समावेश हुने र ठोस रुपमा बजेट विनियोजन नर्गनुले फेरी बजेट व्यवस्थापन गरिदिनु पर्यो भन्दै कर्णालीका नेता,पालिकाका जनप्रतिनिधि सिंह दरबारमै धाउनु पर्ने नियती दोहोरिएको छ ।
४२८ बुँदाको बजेट वक्तव्यमा कर्णालीका कृषि,पर्यटन,जडिबुटि र पूर्वाधार विकासको योजना र ठोस बजेट काही पनि नदेखिनु विडम्बनाको विषय भएको नागरिक समाज जुम्लाका अध्यक्ष राज बहादुर महतले बताए । अर्थमन्त्री विष्णु पौडेलले प्रस्तुत गरेको बजेट बक्तव्य अन्तिम सम्मै सुनियो । उनले भने, कर्णाली राजमार्ग,नाग्म–गमगडी सडक स्तरोन्नति गर्ने कुरा सुनेपछि खुसी लाग्यो । तर अन्य योजना जस्तै यति बजेट पनि विनियोजन गरेको छु भन्ने आउला भनेको बजेटनै रहेछनछ । स्तरोन्नति गरिने भन्ने कुरा विगतका बजेट वक्तव्यमा पनि थियो । तर अबस्था ज्युँका त्यूँ छन् । कर्णाली प्रति यस्तो उपेक्षा कहिले सम्म ? जिल्ला समन्वय समितिका प्रमुख गौरीनन्द आर्चायले सुर्खेतमा निर्माणको चरणमा रहेको मेडिकल कलेज सहित तीन कलेज निर्माणका लागि ५६ करोड बजेट विनियोजन भईरहँदा कर्णालीका १० सहित सुदुरपश्चिमका ३ गरी १३ जिल्लामा सेवा दिईरहेको कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानलाई उपेक्षा गरिएको बताए । बजेट अभावले निर्माणधिन भवन अलपत्र अबस्थामा परेको छ । ६ अर्ब रुपैया लागतको डिपिआर गरिएको भवन बजेट अभावले एकतलामै अलपत्र परेको छ ।
त्यस्तै बजेट वक्तव्यको बुँदा नं. १९५ मा खेल पर्यटनको प्रर्बद्धनका लागि जुम्लामा हाईल्टिच्युड स्पोर्टस् स्टेडियम निर्माण गर्ने उल्लेख छ । बुदाँ नंं. २६१ म कर्णाली राजमार्ग अन्तरर्गत सुर्खेत–खुलालु–कालिकोट–जुम्ला सडक र सुर्खेत–महावुलेक–नाग्म–गमगडी सडक स्तरोन्नति गरिने,ताल्चा–रारा सडक कालोपत्रे गरिने छ भनेर उल्लेख छ । तर बजेट उल्लेख छ । साथै हिमाली जिल्लामध्य सबैभन्दा बढी उचाईमा निर्माण भईरहेको एक अर्ब २६ करोड लागतको बृहत्त धौलिगाड खानेपानी आयोजना बजेट अभावले अलपत्र अबस्थामा छन् । केही साता अघि जुम्ला पुगेका खानेपानी मन्त्री प्रदिप यादवले बजेटमै धौलिगाड सहित कर्णालीका ठुला खानेपानी आयोजनाका लागि बजेट समेटीने प्रतिबद्धता गरेका थिए । तर साना आयोजना तर परै जावस विशेष महत्वकै खानेपानी आयोजना उपेक्षामा परेको छ । उक्त आयोजना अघि बढाउन अहिले १७ करोड बजेट अभाव छ ।
सरकारले पर्यटन क्षेत्रबाट उल्लेखीय आर्थिक समृद्धीको लक्ष्य लिएपनि कर्णालीमा पर्यटन पूर्वाधार विकासमा लगानी शुन्य देखिएको छ । जुम्लाको गिडिदह, मुगुको रारा ताल,हुम्लाको मानसरोवर,डोल्पाको सेफोक्सण्डो,कालिकोटको पचाल झरना यी सबै क्षेत्र ओझेलमा परेका छन् । भने करोडौ खर्च गरेर कालिकोटको कोटबाडामा निर्माण भएको सुनथराली विमानस्थललाई संचालनमा ल्याउन समेत बजेटमा कुनै प्रथामिकता दिइएको छैन् । कर्णालीका अधिकांश पुरानै योजनालाई निरन्तरता दिएपनि ठोस बजेट विनियोजन नगरेर कर्णालीलाई उपेक्षा गरिरहने पुरानै प्रबृत्ति दोहोरिएको प्रति कर्णालीबासी आक्रोसित भएका छन् ।










नेपालीरैबार । २०८२ जेष्ठ १६, शुक्रबार