सुनचाँदीको मूल्यमा सामान्य वृद्धि

काठमाडौँ ।  मङ्गलबारको तुलनामा स्थानीय बजारमा आज सुनचाँदीको मूल्य बढेको छ । सुन तोलामा रु. एक हजार ३०० र चाँदीमा रु. १५ ले बढोत्तरी भएको हो ।

नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज एक तोल सुनको मोल रु. एक लाख ९१ हजार ३०० कायम भएको छ भने एक तोला चाँदी रु.दुई हजार १६५ मा कारोबार भइरहेको छ ।

अन्तरराष्ट्रिय बजारमा आज एक औँस सुन तीन हजार ३४१ अमेरिकी डलरमा कारोबार भइरहेको अन्तरराष्ट्रिय सञ्चारमाध्यमहरूले जनाएका छन् ।

तपाईको प्रतिक्रिया