सल्यान । सल्यानमा मंगलबार रातीदेखि परेको वर्षापछि आएको बाढीका कारण शारदा नगरपालिका १ श्रीनगर र १२ रेसमज्युलामा पाँच घरमा क्षति पुगेको छ । यस्तै सडक र अटो भिलेजमा राखिएका सवारी साधन पनि पुरिएका छन् ।
श्रीनगरको अधेरीखोलामा आएको बाढी घरभित्र पस्दा ४५ वर्षीय सागरराज पाण्डे, ६५ वर्षीय डिल्लीबहादुर हमाल, ६७ वर्षीया सोबी चलाउने, ६० का रेसम श्रेष्ठको घर, ३३ की संगिता डाँगीको किराना पसल र रेसमखोलामा आएको बाढीले रेसमज्युलास्थित दिपक एण्ड पुरन डेन्टिङ्ग पेन्टिङ्ग वर्कसपमा मर्मत परेर राखेको रा १ ज ५२८ नम्बरको बोलेरो जीप आधा पुरिएको जिल्ला प्रहरी कार्यालय सल्यानका प्रहरी निरीक्षक रेसमबहादुर खत्रीले बताएका छन् ।
खोला मिचेर सञ्चालन गरिएको उक्त वर्कसप र वर्षातपछि खोलामा आएको बाढीले बगाई ल्याएको लेदो माटो, ढुंगाले वर्कसपको आधा आगन पनि पुरिएको र अन्य सामानमा पनि क्षति पुगेको उनले जानकारी गराए । बाढीले एक किलोमिटर सडक पूर्ण रुपमा क्षतिग्रस्त बनेको, केही रोपनी खेत पुरिएको, कटान गर्दा केही व्यक्तिका घर र एडिबीको बजेटमा निर्माण गर्न थालिएको १ करोड रकम बराबरको शौचालय जोखिममा परेको वडाध्यक्ष सुरेन्द्र बुढाले बताए ।

नेपालीरैबार । २०८२ जेष्ठ २८, बुधबार