हिमालमै ड्रागन फलको सफल उत्पादन, व्यवसायिक खेतीतर्फ किसान आकर्षित

हुम्ला । हिमाली जिल्ला हुम्लामा ड्रागन फ्रुट फल्न लाग्न थालेको छ । अत्यधिक जाडो हुने हुम्लामा परीक्षणका लागि तुम्चमा लगाइएको बोटले फल दिन थालेको हो ।

फल्छ कि फल्दैन भनेर परीक्षण गर्न आफुले १ सय ५० रोपेको भए पनि एक सयभन्दा धेरै बोटमा यतिबेला फूल फुलेर फल लागेको अदानचुली –३ का नेत्र फडेराले बताए । जिल्लाको तराईका रुपमा लिँदैआएको तुम्चमा सोही फल फल्न थालेपछि अब ब्याबसायिक ड्रागन खेतीतर्फ लाग्ने उनको भनाइ छ । यतिबेला बोटमा फलेका धेरै फलको ब्याबसायिक बिक्री सुरु नभएको भए पनि लगाएको दुई बर्षभित्र फल दिँदा आफूलाई सो खेती गर्न उत्साहित बनाएको छ । जिलामा भनेको ड्रागनको प्रतिकिलो ४ सय देखि ७ सयसम्म मूल्य रहेको छ । तर आफूले बिक्री गर्न सुरु नगएको बताए । फल फल्न थालेपछि यस बर्ष एक बिघा जमिनमा लागाइएको ड्रागनलाई पिल्लर हालेर टायरमाथि चढाउने सोचमा रहेको फडेराको भनाइ छ । बोटलाई हाल काठको सहायताले उभ्याइएको भएपनि फल दिइरहेको छ । उनले भने, अझै धेरै फल फलाउनका लागि पिल्लरमा राख्नु पर्ने देखिन्छ ।

फल जिल्लाको तुम्चमा मात्र नभइ मकैमा समेत धेरै जनाले गर्न थालेको अर्का स्थानीय दत्त बुढाले बताए । उनले आफ्नो बारिमा लगाइएका ड्रागनले समेत यसै बर्षबाट फल दिन थालेको छ । आफूले पनि परीक्षण गर्नकै लागि ५ रोपनी जमिनमा लगाएको ड्रागनले फल दिँदा मन खुसी भएको बताए । सो फलको खेती यतिबेला जिल्लाको अदानचुली, सलिसल्ला, बाग्रे चौर, घाट, दोमुख, पैमा र कवाडी लगायतका क्षेत्रमा लगाउन सुरु गरिएको छ । हिमाली जिल्लामा पनि फल दिन थालेपछि र यसबाट आम्दानी मनग्य हुने भएकाले खेती गर्न आकर्षण बढेको स्थानीयको बुझाइ छ ।

तपाईको प्रतिक्रिया