सामुदायिक वनको रकम हिनामिना आरोपमा पूर्व अध्यक्षविरुद्ध मुद्दा : जाजरकोट

जाजरकोट । जाजरकोट जिल्लाको भेरी नगरपालिका–१० स्थित रानीचौर सामुदायिक वन उपभोक्ता समूहका तत्कालिन अध्यक्षलाई वनको राजश्व रकम हिनामिना गरेको आरोपमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले बिषेश अदालतमा मुद्दा दायर गरेको छ ।

रानीचौर सामुदायिक वन उपभोक्ता समूहका तत्कालीन अध्यक्ष कर्णबहादुर शाहीले समूहको खातामा रहेको सात लाख रुपैयाँ झिक्न लगाएर छ लाख ३६ हजार ४७ रुपैयाँ हिनामिना गरेको आरोपमा आयोगले बिषेश अदालतमा मुद्दा दायर गरेको हो ।

शाहीले समूहको नेपाल बैंक लिमिटेड जाजरकोट शाखामा रहेको खाताबाट २० चैत्र २०७८ मा सात लाख रकम चेकमार्फत झिक्न लगाई सो रकममध्ये ६३ लाख नौ सय ५३ राजस्व दाखिला र लेखापरीक्षण बापत कानूनसम्मत खर्च गरेको र अन्य रकमको हकमा राजस्व दाखिला गरेको भनी निजले कृषि विकास वैंक लिमिटेडको १४ वटा झुट्टा तथा नक्कली राजस्व दाखिला भौचर, कुशे व्यावसायिक परामर्श तथा अनुसन्धान सेवाबाट लेखापरीक्षण गराइएको भनी सात वटा नक्कली बिल, राज परामर्श सेवाबाट सेवा लिएको भनी एक वटा नक्कली बिल र होटल धौलागिरी एण्ड रेष्टुरेन्टको तीन वटा नक्कली बिल तयार पारी समूहमा पेश समेत गरेको आयोगको आरोप पत्रमा उल्लेख गरिएको छ ।

रानीचौर सामुदायिक वन उपभोक्ता समूहको खातामा रहेको सरकारी सम्पत्ति÷रकम छ लाख ३६ हजार ४७ रुयैयाँ बिगो दाबी गर्दै आयोगले विशेष अदालत काठमाडौमा आरोपपत्र दायर गरेको छ ।

तपाईको प्रतिक्रिया