काठमाडौँ । गत मङ्गलबारदेखि अन्तर्राष्ट्रिय बजारमा सुनको मूल्य निरन्तर बढिरहेको छ ।
बिहीबारको तुलनामा स्थानीय बजारमा आज सुनको मूल्य तोलामा रु. चार हजार २०० ले वृद्धि भएको छ भने चाँदीमा रु. १५ ले बढोत्तरी भएको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज एक तोला सुनको मोल रु. एक लाख ९७ हजार १०० कायम भएको छ भने एक तोला चाँदी रु. दुई हजार १६५ मा कारोबार भइरहेको छ ।
गत मङ्गलबार एक तोला सुन रु. एक लाख ९० हजार तथा सोही परिमाणको चाँदी रु. दुई हजार १६५ मा कारोबार भएको थियो । अन्तर्राष्ट्रिय बजारमा आज एक औँस सुन तीन हजार ४२७ अमेरिकी डलरमा कारोबार भइरहेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूले जनाएका छन् ।

नेपालीरैबार । २०८२ जेष्ठ ३०, शुक्रबार