जुम्ला । जुम्ला जिल्लाको कनकासुन्दरी गाउँपालिकामा प्रधानमन्त्री र मुख्यमन्त्री रोजगार कार्यक्रमका सबै योजना सम्पन्न भएका छन् ।
स्थानीय पूर्वाधार विकास तथा रोजगारी सृजना गर्ने लक्ष्यले संचालित कार्यक्रम अन्तर्गत चालू आर्थिक वर्षमा छनोट भएका सबै योजना सम्पन्न भएका हुन् । आर्थिक वर्ष सकिन एक महिना बाँकी रहदै कनकासुन्दरीले दुई करोड बढी लागतका प्रधानमन्त्री तथा मुख्यमन्त्री रोजगार कार्यक्रमका १८ योजना सम्पन्न भएका हुन् । चालू आर्थिक वर्ष २०८१÷०८२ का लागि कनकासुन्दरी गाउँपालिकामा मुख्यमन्त्री रोजगार कार्यक्रम अन्तर्गत ८ वटा योजना र प्रधानमन्त्री रोजगार कार्यक्रम अन्तर्गत ११ वटा योजना छनोट गरिएको थियो । कूल १९ वटा योजना मध्य १८ वटै योजना निर्माण सम्पन्न भईसकेकोे कनकासुन्दरी गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत दिपेन्द्र भण्डारीले बताए । उनका अनुसार मुख्य्यमन्त्री्त्री रोजगारका ८ वटा योजनामध्य एक योजना विवादित भएको र ७ वटा योजना सम्पन्न भईसकेका छन् ।
वडा नं ३ को सडक निर्माण योजना रारा राष्ट्यि निकुञ्ज क्षेत्रमा परेपछि निकुञ्जको स्वीकृति नपाउँदा काम रोकिएको उनको भनाई छ । उक्त सडक योजना निर्माणका लागि केही रुख कटान गर्नु पर्ने र त्यसका लागि निकुञ्जको स्वीकृति नभई काम अघि नबढ्ने भएकाले सम्बन्धित उपभोक्ता समितिले निकुञ्जबाट स्वीकृति ल्याउने पक्रिया थालेको छ । असार अन्तिम सम्म उक्त योजना पनि सम्पन्न गरिसक्ने लक्ष्य लिईएको छ । योजना निर्माण सम्पन्न भएर अनुमगन समेत भईसकेको र अन्तिम भुक्तानी गर्न मात्रै बाँकी रहेको छ । मुख्यमन्त्री रोजगार कार्यक्रम प्रतियोजनाको बजेट १५ लाख रहेको छ । कनकनसुन्दरीका ८ वटा वडामा १ करोड २० लाखका सडक,खानेपानी,सिँचाई,लगायतका योजना निर्माण भएको प्रमुख प्रशासकीय अधिकृत भण्डारीले जानकारी दिए ।
प्रधानमन्त्री तथा मुख्यमन्त्री रोजगार कार्यक्रमबाट कनकासुन्दरी गाउँपालिकाका ९ वटै वडाका विभिन्न बस्तीमा सडक,खानेपानी,विद्युत,घेराबार,मन्दिर निर्माण,सिँचाई कुलो,बाटो पिसिसि,जलविद्युत आयोजनाको मुहान संरक्षण,पाईप लाईन विस्तार लगायतका थुप्रै काम गरिएको कनकासुन्दरी गाउँपालिकाका रोजगार संयोजक हंशराज न्यौपानेले बताए । त्यस्तै प्रधानमन्त्री रोजगार कार्यक्रम अन्तर्गतका ११ वटा योजना पनि सम्पन्न भईसकेका छन् । चालू आवमा विनियोजित योजनाहरु आर्थिक वर्ष सकिनु अगावै सम्पन्न गरेको कनकासुन्दरीका रोजगार संयोजक न्यौपानले उल्लेख गरे । उनले भने, प्रधानमन्त्री रोजगार कार्यक्रम अन्तर्गत कृषि,पर्यटन,खानेपानी संग सम्बन्धित योजना बनेका छन् । यसमा पालिकाले सामाग्री खरिदमा बजेट विनियोजन गरेको छ । कामदारको ज्याला बापतको पैसा संघबाट प्राप्त हुन्छ ।
चालू आवमा प्रम रोजगार कार्यक्रमका योजना निर्माणका सामाग्री (सरिया,सिमेन्ट,ढुंगा,बालुवा) खरिदका लागि गाउँपालिकाले ३३ लाख विनियोजन गरेको थियो । कामदारको ज्यालाका लागि संघिय सर्सत अनुदानबाट ५७ लाख १६ हजार रुपैयाँ विनियोजित भएको थियो । पालिका र संंघबाट प्रम कार्यक्रमका योजना निर्माणमा विनियोजित कूल ८६ लाख बजेटका ११ वटै योजना सम्पन्न भईसकेको रोजगार संयोजक शाहीले जानकारी दिए । उनका अनुसार मुख्यमन्त्री तथा प्रधानमन्त्री रोजगारको गरी कूल २ करोड १० लाख लगानीका १८ वटा योजना निर्माण सम्पन्न भएका छन् । उनका अनुसार प्रधानमन्त्री रोजगार कार्यक्रमबाट चालू आवमा कनकासुन्दरीका ७८ जना यूवायूवतीले रोजगार पाएका छन् । भने मुख्यमन्त्री रोजगार कार्यक्रमबाट २ सय ८६ जा नागरिक प्रत्यक्ष लाभान्वित भएका छन् ।

नेपालीरैबार । २०८२ जेष्ठ ३०, शुक्रबार