सल्यानमा चट्याङ लागेर महिला घाइते, चार बाख्रा मरे

सल्यान । सल्यानमा वर्षासँगै परेको चटयाङ लागेर सल्यानमा एक महिला घाइते भएकी छन् । घर नजिकै परेको चटयाङ लागेर त्रिवेणी गाउँपालिका–१ सागिने घर भएकी २४ वर्षकी आरती पुन घाइते भएकी हुन् ।

जिल्ला प्रहरी कार्यालय सल्यानका प्रहरी निरीक्षक रेशमबहादुर खत्रीका अनुसार घरमा बसिरहेका बेला चटयाङ परेको थियो । घाइते पुनलाई उपचारका लागि जिल्ला अस्पताल सल्यान ल्याइएको उनले बताए । यस्तै, कालिमाटी गाउँपालिका–५ दम्दवाली बस्ने पहलसिंह गाहाका चार बाख्रा चट्याङकै कारण मरेका छन् । दुई खसी र दुई बाख्रा मरेका हुन् ।

तपाईको प्रतिक्रिया