चामुण्डाबिन्द्रासैनीकाे ४८ करोड ४३ लाख बजेट,कृषि, शिक्षा, स्वास्थ्य, खानेपानी, पूर्वाधार प्राथमिकता

दैलेख । चामुण्डा बिन्द्रासैनी नगरपालिकाले आगामी आर्थिक वर्ष २०८२/०८३ का लागि ४८ करोड ४३ लाख ३ हजार ८८ रुपैयाँ बराबरको अनुमानित आय–व्यय बजेट सार्वजनिक गरेको छ। नगरपालिकाका प्रमुख गणेश कुमार शाही र उप–प्रमुख मनसरा कुमारी शर्माले नगर सभामा बजेट प्रस्तुत गरेका हुन् ।

बजेटको मुख्य अंश

बजेटमा नगरको समग्र विकासलाई प्राथमिकता दिइएको जनाइएको छ। कृषि, शिक्षा, स्वास्थ्य, खानेपानी, पूर्वाधार निर्माण, रोजगारी सिर्जना, सामाजिक सुरक्षा, डिजिटल सेवा विस्तारलगायतका कार्यक्रम समेटिएको छ।

नगर प्रमुख शाहीले “स्थानीय स्रोतको अधिकतम उपयोग, पारदर्शिता, जवाफदेहिता र सेवामुखी प्रशासनमार्फत बजेट कार्यान्वयनमा ध्यान दिनेछौं,” भनेका छन् । उप–प्रमुख शर्माले महिलामैत्री, बालमैत्री तथा समावेशी कार्यक्रमहरूलाई प्राथमिकतामा राखिएको जानकारी दिइन् ।

नगरपालिकाले आगामी वर्षमा स्थानीय उत्पादनको प्रवर्द्धन, वातावरणीय संरक्षण, युवा उद्यमशिलता र सुशासनमा जोड दिने नीति लिएको छ। बजेट कार्यान्वयनमा समुदायको सहभागिता, पारदर्शिता र अनुगमनलाई मजबुत बनाउने रणनीति अपनाइने बताइएको छ ।

तपाईको प्रतिक्रिया