काठमाडौँ । सुनको भाउ आज घटेको छ । सुनको भाउ तोलामा एक हजार एक सय रुपैयाँले घटेर तोलाको एक लाख ९३ हजार छ सय रुपैयाँमा कारोबार भइरहेकोे नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ । अस्ति (शुक्रवार) सुन तोलाको एक लाख ९४ हजार सात सय रुपैयाँ थियो ।
यस्तै चाँदीको भाउ पनि घटेको छ । आज चाँदी तोलाको ५० रुपैयाँ घटेर तोलाको दुई हजार दुई सय ९० रुपैयाँमा कारोबार भइरहेको महासङ्घले जनाएको छ । अस्ति चाँदी तोलाको दुई हजार तीन सय ४० रुपैयाँ थियो ।











नेपालीरैबार । २०८२ श्रावण ११, आईतवार