एजेन्सी । अहिलेको तीव्र जीवनशैलीमा पनि किताबप्रतिको प्रेम कहिल्यै हराएको छैन । ‘विट एण्ड डिलाइट’ ब्लगकी लेखकले आफ्नो अनुभव सेयर गर्दे भनेकि छन् , ‘उनी जतिसक्दो पढ्छिन्, कहिले काहीँ केही पन्ना, कहिले गहिरो एक बसाईं ।’
उनको यो केवल पढ्ने बानी होइन, जीवन बुझ्ने प्रयास पनि हो । यस्तै अनुभव उनका छोराछोरीसँग पनि साझा हुने गर्छ, जहाँ परिवारले सँगै किताब पढ्ने परम्परा बसालेका छन् ।
उनले भनेझैं कहिलेकाहीँ एउटा वाक्यले जीवनलाई फरक तरिकाले बुझ्न प्रेरित गर्न सक्छ । त्यसैले उनले सिफारिस गरेका ती सात छोटा तर प्रभावशाली पुस्तकहरू जसका बारेमा हामीले यहाँ उल्लेख गरेका छौं । ती पुस्तकहरु केवल मनोरञ्जनको साधन होइनन्, बरु जीवन अनुभूत गराउने झ्यालहरू हुन् ।
यस्तो पढाइ आत्मालाई स्थिर बनाउने, सोचाइलाई गहिरो बनाउने र जीवनप्रति पुनः आश्चर्य जागाउने माध्यम बन्न सक्छन् ।
१. Bluets — Maggie Nelson
यो नीलो रंग, पीडा, चाहना र स्मृतिको विषयमा लेखिएको अन्तर्मनको काव्य यात्रा हो । यो पुस्तकका प्रत्येक अनुच्छेद कलात्मक छन्, जसले समग्रमा विशाल चित्र बनाउँछ। यो म त्यतिबेला पढ्छु जब भावना धेरै हुन्छ, वा कहिल्यै नपुगेजस्तो लाग्छ। उनले त्यस्ता कुरा भन्छिन् जुन म कहिलेकाहीँ आफैलाई भन्न डराउँछु।
२. I Who Have Never Known Men — Jacqueline Harpman
स्वतन्त्रता, पहिचान र मानव अस्तित्वका बारेमा लेखिएको यो पुस्तकमा ३९ महिला बिना कुनै कारण भूमिगत जेलमा थुनिएको सन्दर्भ उल्लेख छ । पुस्तकभित्र सबैभन्दा कान्छी युवतीको प्रश्न छ,’अरू सम्भावना पनि त हुन सक्छन्ः’
३. Small Things Like These — Claire Keegan
१९८० को आयरल्याण्डमा, एक कोइला व्यापारीले केही डर लाग्दो सत्य भेट्टाएको घटनामा आधारित यस पुस्तकमा उसले आफू कस्तो मानिस बन्ने भन्ने निर्णय गर्नुपर्छ।
पुस्तक छोटो, सरल तर गहिरो छ। पढेपछि गला अबरुद्ध हुन्छ, र शान्त साहसको नयाँ अर्थ थाहा हुन्छ ।
४. Getting Lost — Annie Ernaux
लेखक र एक कान्छा पुरुषबीचको उग्र प्रेम सम्बन्धबारे डायरी शैलीमा लेखिएको छ । यहाँ भ्चलबगह केही पनि लुकाउँदिनन् । यो डायरी सम्पादनबिहीन र अत्यन्तै सुन्दर छ। उनी आफ्नो ४० दशकको अन्त्यतिर छन्, भत्किन खोज्दै, असमञ्जसमा, अपराधबोध बिना ।
५. The Most — Jessica Anthony
यो पुस्तकमा एक महिला पौडी पोखरीबाट ननिस्कने अडान लिन्छिन् र यसै क्रममा उनका वैवाहिक सम्बन्धका लुकेका रहस्यहरू खुल्दै जान्छन्।
पुस्तक थोरै विचित्र, थोरै हास्यास्पद, तर अत्यन्तै गहिरो छ। सानो चलचित्र हेरेजस्तो,अप्रत्याशित तर चम्किलो।
६. The Alchemist — Paulo Coelho
एक गोठालो केटो खजाना खोज्न यात्रा सुरू गर्छ, तर त्यसै क्रममा उसले आफ्नै ‘व्यक्तिगत पथ’ फेला पार्छ।
पुस्तक सरल छ, तर शक्तिशाली। उत्तरहरू प्रायः हाम्रो भित्रै हुन्छन् भन्ने सम्झना दिन्छ। यात्राकै मोडहरू नै लक्ष्यसम्म पुग्ने बाटो हुन्।
७. The Cinnamon Shops and Other Stories — Bruno Schulz
लेखकको सहरलाई आधारित गरेर लेखिएको, सपनाजस्तै लाग्ने कथाहरूको संग्रह हो, जहाँ कल्पना र कविता मिसिएको छ।
पुस्तक जादूमय, गहिरो र अलौकिक छ ।











नेपालीरैबार । २०८२ श्रावण १३, मंगलवार