सुनको भाउ तोलामा एक हजार चार सय रुपैयाँले बढ्यो

काठमाण्डौ । सुनको भाउ आज एकैदिन तोलामा एक हजार चार सय रुपैयाँले बढेको छ । सुन आज तोलामा एक हजार चार सय रुपैयाँले बढेर तोलाको एक लाख ९४ हजार चार सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ । हिजो सुनको भाउ तोलाको एक लाख ९३ हजार रुपैयाँ थियो ।

यस्तै आज चाँदीको भाउ पनि सामान्य बढेको छ । चाँदी आज तोलामा १० रुपैयाँले बढेर दुई हजार तीन सय १० रुपैयाँ पुगेको महासङ्घले जनाएको छ । हिजो चाँदीको भाउ तोलाको दुई हजार तीन सय रुपैयाँ थियो ।

तपाईको प्रतिक्रिया