काठमाडौँ । इङ्ग्ल्याण्डमा आगामी वर्ष हुने टी–२० महिला विश्वकप क्रिकेटको ग्लोबल छनोट नेपालमा हुने भएको छ ।
अन्तराष्ट्रिय क्रिकेट परिषद (आइसिसी)ले बिहीबार विश्वकपको ग्लोबल छनोट नेपालमा गर्ने निर्णय गरेको हो । प्रतियोगिता आगामी वर्षको जनवरी १२ देखि फेब्रुअरी २ सम्म नेपालमा हुनेछ।
छनोटमा सहभागी हुने १० टोलीलाई दुई समूहमा विभाजन गरिनेछ । हरेक समूहका शीर्ष ३ टोली सुपर सिक्स चरणमा पुग्नेछन् । सुपर सिक्सको शीर्ष ४ मा रहने टोलीले विश्वकपमा स्थान बनाउने छन् । आइसिसीले प्रतियोगिताको खेल तालिका भने सार्वजनिक गरेको छैन ।
नेपालले एसियाली छनोटको दोस्रो स्थानमा रहँदै पहिलो पटक ग्लोबल छनोटमा स्थान बनाएको हो । एसियाली छनोटबाट थाइल्याण्ड र नेपाल तथा अमेरिका क्षेत्रीय छनोटबाट अमेरिकाले ग्लोबल छनोटमा स्थान बनाएका छन् । सन् २०२४ मा आईसीसी महिला विश्वकपमा सहभागिता जनाएकाले बंगलादेश र आयरल्याण्डले सिंधैं ग्लोबल छनोटमा मौका पाएका हुन् । अफ्रिका र युरोपबाट समान २ तथा पूर्वी एसिया९प्रशान्त क्षेत्र छनोटबाट एक टोलीको टुंगो लाग्न बाँकी छ ।
इङ्गल्याण्ड र वेल्समा संयुक्त रुपमा हुने आईसीसी महिला टी–२० विश्वकप १२ जुनदेखि ५ जुलाई २०२६ सम्म चल्नेछ ।











नेपालीरैबार । २०८२ श्रावण १५, बिहीबार