१७ वर्षमुनिको साफ च्याम्पियनशिपको उद्घाटन खेलमा नेपाल र श्रीलङ्का खेल्ने

काठमाडौँ । यही वर्ष श्रीलङ्कामा हुने १७ वर्षमुनिको साफ च्याम्पियनशिप फुटबलको खेल तालिका सार्वजनिक भएको छ ।

दक्षिण एशियाली फुटबल महासङ्घ (साफ) ले आज सार्वजनिक गरेको तालिका अनुसार आयोजक श्रीलङ्का, नेपाल र बङ्गलादेश समूह ‘ए’ मा छन् । यस्तै समूह ‘बी’ मा भारत, भूटान, माल्दिभ्स र पाकिस्तान छन् ।

प्रतियोगिता आउँदो सेप्टेम्बर १५ देखि २७ सम्म कोलम्बोको रेसकोर्स अन्तर्राष्ट्रिय रङ्गशालामा हुनेछ । उद्घाटन खेलमा नेपाल र श्रीलङ्काले खेल्नेछन् । यस्तै नेपालले समूह चरणको दोस्रो तथा अन्तिम खेलमा सेप्टेम्बर १८ मा बङ्गलादेशसँग खेल्नेछ ।

समूहका विजेता र उपविजेता टोली सेमिफाइनलमा पुग्नेछन् ।

तपाईको प्रतिक्रिया