सुर्खेत । नेपाल प्रहरीको वेबसाइट निःशुल्क रुपमा प्रयोग गर्न पाइने भएको छ । प्रहरीको वेबसाइट तथा मोबाइल एप अब बिना इन्टरनेट पनि प्रयोग गर्न सकिने भएको हो ।
प्रहरीको डोमेन, उप डोमेनबाट सर्वसाधारणहरूलाई अनलाइन मार्फत प्रदान भइरहेको सेवाहरू एनटीसी र एनसेलबाट निःशुल्क उपभोग गर्न पाइने भएको छ ।
नेपाल दूरसञ्चार कम्पनी लिमिटेड र एनसेल आजियाटा लिमिटेड मार्फत शून्य ब्यालेन्समा समेत निःशुल्क सेवा उपयोग गर्न सकिने नेपाल प्रहरीले जानकारी दिएको छ । नागरिकको सुविधाको लागि यस्तो व्यवस्था गरिएको नेपाल प्रहरीले जानकारी दिएको छ ।











नेपालीरैबार । २०८२ श्रावण १६, शुक्रबार