काठमाडौं । थ्रिफ्टिङ (थोक मूल्यमा दोस्रोपटक प्रयोग हुने सामान किन्ने अभ्यास) र पुरातन सामानहरू किन्नु आजकाल धेरैको रोजाइ बन्दै गएको छ । अनौठा र अद्वितीय सामानहर भेटिने सम्भावना हुँदा यो प्रक्रिया अलिक बढी समय र ध्यान दिनुपर्ने भए पनि यसको परिणाम प्रायस् सन्तोषजनक हुने गर्छ ।
घर सजावट, फर्निचर, लुगा, बालबालिकाका खेलौना वा अन्य प्रयोजनका लागि थ्रिफ्ट स्टोर जाने हो भने, यी ७ सुझावहरू उपयोगी हुन सक्छन् ।
१. किन खोजेको हो, पहिल्यै थाहा पाउने
थ्रिफ्ट स्टोरमा जानु अघि आफूलाई चाहिएको सामानको सूची बनाएर जाने । यसले अनावश्यक सामानतर्फ ध्यान नदिइ आफ्नो उद्देश्यमा केन्द्रित रहन मद्दत गर्छ ।
२. एक फन्को लगाउने
पहिले आफ्नो सूचिको सामग्री भेटिन सक्ने ठाउँ वरिपरि छिटो फन्को लगाउने । रुचि लाग्ने वस्तुहरू कार्टमा राख्दै जाने र त्यसपछि केही विशेष चाहिएको छ भन्ने लाग्ने गल्लीहरूमा विस्तारमा खोज गर्ने ।
३. कठोर निर्णय लिने
स्टोर घुमिसकेपछि कार्टमा भएका सामग्रीहरू पुनः मूल्याङ्कन गर्ने नचाहिएको वा अनावश्यक लागेका सामान फिर्ता राख्ने
रो सूचिमा पहिल्यै थियो कि अहिले मात्र मन पर्यो ?
४. नियमित हुने
थ्रिफ्टिङमा सफलता प्राप्त गर्न नियमितता जरूरी हुन्छ। बेला–बेलामा स्टोर जाने, समयको सदुपयोग गर्दै १५ मिनेट भए पनि एक–दुई खण्ड हेर्ने। यसले कहाँ के भेटिन्छ भन्ने सजिलै बुझ्न सहयोग गर्छ।
५. प्रक्रियालाई स्वीकार गर्ने
हरेक पटक केही नपाउनु पनि सामान्य हो । सबै कुरा तुरुन्तै भेटिँदैनन् । थ्रिफ्टिङ भनेको खोज हो, जसले घर वा लुगाको शैलिमा चरित्र थप्न सक्छ।
६ दान गर्न केही लैजाने
जान लागेको स्टोरले दान लिन्छ भने, पुराना तर प्रयोगयोग्य सामग्रीहरू पनि साथमा लैजाने बानी बसाल्ने
७. भोकै नजाने
थ्रिफ्टिङ शारीरिक ऊर्जा चाहिने प्रक्रिया हो । भोकै (वा तिर्खाएको) अवस्थामा जानु भनेको अनावश्यक चिडचिडोपन र थकान निम्त्याउनु हो । त्यसैले केही खाएर मात्र स्टोर जानु उत्तम हुन्छ ।
थ्रिफ्टिङ र एन्टिक किनमेल केवल बचत गर्ने माध्यम मात्र होइन, यो आफ्नो जीवनशैलीमा मौलिकता थप्ने अवसर पनि हो । ध्यान र धैर्यका साथ खोज्ने, साँच्चिकै मन पर्ने वस्तुहरू पाउन सकिन्छ।











नेपालीरैबार । २०८२ श्रावण २०, मंगलवार