सुनको भाउ एकैदिनमा एक हजार नौ सय रुपैयाँले बढ्यो

काठमाडौँ । सुनको भाउले आज कीर्तिमान बनाएको छ। सुनको भाउ आज एकैदिन एक हजार नौ सय रुपैयाँले बढेर तोलाको एक लाख ९८ हजार पाँच सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ ।

यसअघि वैशाख ९ गते सुनको भाउ १ लाख ९७ हजार ९ सय रुपैयाँ पुगेको थियो । हिजो भने सुनको भाउ तोलाको एक लाख ९६ हजार ६ सय रुपैयाँमा कारोबार भएको थियो ।

त्यस्तै आज चाँदीको भाउ पनि बढेको छ । चाँदीको भाउ २५ रुपैयाँले बढेर तोलाको दुई हजार दुई सय ८० रुपैयाँ कायम भएको महासङ्घले जनाएको छ । हिजो चाँदीको भाउ तोलाको दुई हजार दुई सय ५५ रुपैयाँ रहेको थियो ।

तपाईको प्रतिक्रिया