सुर्खेत । आँखामा धारिलो हतियार प्रहार गरी ज्यान मार्ने उद्योग तथा अंगभंग मुद्दामा फरार रहेका एक युवकलाई प्रहरीले काठमाडौंमा पक्राउ गरेको छ । २०८२ साउन ९ गते राति ११ बजे सुर्खेतको वीरेन्द्रनगर–६, बसपार्क माथिल्लो गेट नजिक २२ वर्षीय ललित परियारमाथि चक्कु प्रहार गरी गम्भीर घाइते बनाएका २१ वर्षीय नवराज रावत (ठेगाना) जुम्ला हिमा गाउँपालिका–३, हाल वीरेन्द्रनगर–९ घटनापछि फरार रहेका थिए।
सुर्खेत प्रहरीका अनुसार रावतलाई खोजतलास गर्ने क्रममा काठमाडौं महानगरपालिका–१०, बुद्धनगरमा लुकिछिपी बसेको अवस्थामा साउन २७ गते पक्राउ गरिएको हो । उक्त पक्राउ काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको सहयोगमा भएको बताइएको छ । पक्राउ परेका रावतलाई बुधबार २८ गते सुर्खेत ल्याई आवश्यक थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय सुर्खेतले जनाएको छ।










नेपालीरैबार । २०८२ श्रावण २८, बुधबार