सुर्खेतमा ब्राउनसुगरसहित दुई युवक पक्राउ

सुर्खेत । सुर्खेत प्रहरीले ५ ग्राम ५ सय ४० मिलिग्राम लागूऔषध ब्राउनसुगर सहित दुई जनालाई पक्राउ गरेको छ। प्रहरीका अनुसार साउन २८ गते राति ९ बजे जिल्ला सुर्खेतको वीरेन्द्रनगर नगरपालिका–११ सुब्बाकुना क्षेत्रमा लागूऔषधको कारोबार भइरहेको भन्ने गोप्य सूचनाका आधारमा जिल्ला प्रहरी कार्यालय र लागूऔषध नियन्त्रण शाखा कार्यालय सुर्खेतबाट खटिएको संयुक्त टोलीले छापा मारेको थियो ।

छापामारी क्रममा वीरेन्द्रनगर–११ का १८ वर्षीय किरण थापा र साेही ठाउँमा बसोबास गर्ने २२ वर्षीय बिक्रान्त वलीलाई शंकास्पद अवस्थामा फेला पारिएको प्रहरीले जनाएको छ ।

शरीर खानतलासी गर्दा उनीहरूको साथबाट ५ ग्राम ५ सय ४० मिलिग्राम शुद्ध ब्राउनसुगर बरामद भएको प्रहरीले जनाएको छ । पक्राउ परेका दुवैलाई आवश्यक अनुसन्धानका लागि जिल्ला प्रहरी कार्यालयमा ल्याई मुद्दा दर्ता गरी म्याद थप गरिएको र थप अनुसन्धान भइरहेको प्रहरीले जानकारी दिएको छ ।

तपाईको प्रतिक्रिया