“शून्यको मूल्य”पछि डा. नवराज केसीको “स्वस्पर्श” पाठकमाझ

सुर्खेत । लेखक तथा सामाजिक अभियन्ता डा. नवराज केसीको दोस्रो कृति “स्वस्पर्श” सार्वजनिक गरिएको छ । फाइनप्रिन्ट प्रकाशनले बजारमा ल्याएको उक्त पुस्तकको शनिबार सुर्खेतमा विशेष समारोहबीच विमोचन गरिएको हो ।

“स्वस्पर्श” मा जीवनका उतार–चढाव, आत्मसंघर्ष र सुख–खुसीको खोजीसँग सम्बन्धित विविध कथा समेटिएका छन् । पुस्तकले आशा, प्रेरणा र सकारात्मक सोचसहित जीवनलाई अगाडि बढाउन मार्गदर्शन गर्ने सन्देश बोकेको छ ।

लेखक डा. केसीका अनुसार यो कृति प्रत्येक व्यक्तिको आत्मअन्वेषण र आत्मसाक्षात्कारतर्फको यात्रालाई समर्पित छ । संघर्षबीच जीवनलाई कसरी सबल र प्रेरणादायी बनाउन सकिन्छ भन्ने यथार्थपरक कथा, जीवनअनुभव र बुद्ध–विज्ञानसँग सम्बन्धित विचारहरू पुस्तकमा समावेश छन् ।

विमोचन कार्यक्रममा साहित्यकार सुविन भट्टराईले “स्वस्पर्श” स्कूले उमेरदेखि वृद्ध अवस्थासम्मका सबै पाठकको मन छुने कृति भएको टिप्पणी गर्नुभयो ।

यसअघि डा. केसीको पहिलो कृति “शून्यको मूल्य” पाठकमाझ चर्चित बनेको थियो । दोस्रो कृति “स्वस्पर्श” मार्फत उहाँले अझ आत्मीय र प्रेरणादायी अनुभूति दिन खोजेको देखिन्छ ।

तपाईको प्रतिक्रिया