सुर्खेत । दैलेखमा एक दिने ज्ञान निर्माण कार्यशाला गरिएको छ । टेवाको आर्थिक सहयोग र महिला सशक्तिकरण मञ्च नेपालको सहजीकरणमा एक दिने ज्ञान निर्माण कार्यशाला गरिएको महिला सशक्तिकरणले जनाएको छ । दैलेखको गुराँस गाउँपालीकामा कार्यशाला गरिएको महिला सशक्तिकरण मञ्चका कार्यकारी निर्देशक लक्ष्मी जिसीले बताइन् । सामुदायिक सुरक्षा जालो महिलावादी आन्दोलन सुदृढीकरण परियोजना अन्तर्गत उक्त कार्यशाला गरिएको हो ।
कार्याशालामा अधिवक्ता गिता कोइरालाले महिला अधिकार, महिला सम्बन्धी कानुनी व्यवस्था र महिला अधिकार सरक्षण गर्ने सयन्त्रहरुका बारेमा जानकारी दिएकी थिइन् । उनले कानुनी ज्ञानको अभावमा महिला हिंसा बढिरहेको भन्दै हिंसा न्यूनिकरणका लागि कानुनी ज्ञान आवश्यक रहेको बताइन् । बंैक मेनेजर दुर्गाप्रसाद रेग्मीले वितिय साक्षरता क्रृण लगानी र असुली महीला उद्यमीलाई क्रृण सहुलियतका बारेमा जानकारी गराए ।
सामुदायिक सुरक्षा जालोका सदस्य विपना बुढाले यो ज्ञान जिवरनभर स्मरण हुने बताइन् । उनले भनिन,‘पुरुष सरह महिलाको अधिकार रहेछ, आज जानकारी भयो, सविधानमा कार्यान्वयन भएको अंश र वंश बरावर हो भन्ने जानकारी भएको छ ।’ महिला सशक्तिकरण मञ्च दैलेखले कानुनी साक्षरताका कार्यक्रम सञ्चालन गर्दै आएको छ ।दैलेख, सुर्खेत र कालिकाकोटका टोल –टोलहरुमा पुगेर कानुनी ज्ञान दिने गरेको हो ।











नेपालीरैबार । २०८२ भाद्र ३, मंगलवार