जीवनाशक विषादी व्यवस्थापन विधेयक प्रदेश प्रमुखद्वारा प्रमाणीकरण

सुर्खेत । कर्णाली प्रदेश जीवनाशक विषादी व्यवस्थापन सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक प्रमाणीकरण भएको छ । प्रदेशसभा सचिवालको पत्रानुसार बिहिबार प्रदेश प्रमुख यज्ञराज जोशीले ‘कर्णाली प्रदेश जीवनाशक विषादी व्यवस्थापन सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक’लाई नेपालको संविधानको धारा २०१ को उपधारा (२)  बमोजिम प्रदेश प्रमुख जोशीले प्रमाणीकरण गरेका हुन् ।

अर्गानिक प्रदेशको अवधारणालाई पुरा गर्न प्रदेश सरकारले यो विधेयक संसदमा लगेको थियो । विधेयक प्रमाणीकरण भएसँगै कर्णालीमा जीवनाशक विषादी प्रयोगमा कडाई गरिने छ ।

तपाईको प्रतिक्रिया