काठमाडौं । नेपालकै अग्रणी इन्टरनेट सेवा प्रदायक भायानेट दोस्रो कर्पोरेट क्रिकेट लिग २०८२ को टाइटल स्पोन्सर बनेको छ। भेट्रान्स फोर्टी क्लबको आयोजनामा हुने उक्त प्रतियोगिता आगामी भदौ १३ देखि १६ गतेसम्म बूढानीलकण्ठस्थित रोयल स्पोर्ट्स पार्क, चुनिखेलमा आयोजना हुनेछ ।
प्रतियोगितामा सानिमा जिआईसी इन्स्योरेन्स, नेपाल एसबिआई बैंक, जगदम्बा मोटर्स, प्राइम बैंक, आइएमई डिजिटल, महालक्ष्मी मोबाइल्स, लक्ष्मी सनराइज बैंक, केआइइसी, एनआइसी एशिया बैंक, राष्ट्रिय वाणिज्य बैंक, लुम्बिनी विकास बैंक, क्वेस्ट फर्मास्युटिकल्स, प्रभु बैंक, सालिको, युनाइटेड अजोड इन्स्योरेन्स, स्प्राउट टेक, नेपाल बैंक र आइसिएफसी फाइनान्ससहित २० वटा कर्पोरेट टिम प्रतिस्पर्धा गर्नेछन्।
घरायसी प्रयोजनका लागि देशभर लोकप्रिय बनेको भायानेट पछिल्ला वर्षहरूमा कर्पोरेट क्षेत्रमा समेत विश्वासिलो सेवा प्रदायकको रूपमा स्थापित हुँदै आएको छ। कम्पनीले होटल तथा हस्पिटालिटी, बैंक तथा वित्तीय संस्था, उद्योग, सेवा तथा शैक्षिक संस्थासहित निजी क्षेत्रका विभिन्न संघ–संस्थालाई इन्टरनेट कनेक्टिभिटी र आईटी सोलुसन उपलब्ध गराउँदै आएको छ।
कम्पनीका कमर्शियल एण्ड मार्केटिङ विभागका उपाध्यक्ष शहिन श्रेष्ठले कर्पोरेट क्रिकेट लिगको टाइटल स्पोन्सरशिपलाई कर्पोरेट क्षेत्रसँगको सम्बन्ध अझ गहिरो बनाउने अवसरका रूपमा लिएको बताए। उनले भने, “भायानेट आज घरायसी इन्टरनेटको पहिलो रोजाइ मात्र नभई कर्पोरेट क्षेत्रमा पनि विश्वासिलो पार्टनर बनेको छ। हामी इन्टरप्राइज इन्टरनेट कनेक्टिभिटीमा मात्र सीमित छैनौँ, आईटी सोलुसनमार्फत पनि ‘वन–स्टप डिजिटल पार्टनर’ बन्ने दृष्टिकोणसहित अघि बढिरहेका छौँ। कर्पोरेट क्रिकेट लिगमार्फत बैंक, वित्तीय संस्था, उद्योग, सेवा र शैक्षिक क्षेत्रमा रहेका हाम्रा पार्टनरसँग अझ नजिक हुने अपेक्षा गरेका छौँ। खेलकुदले सम्बन्धलाई अझ मजबुत बनाउन महत्त्वपूर्ण भूमिका खेल्छ, यही हाम्रो मुख्य उद्देश्य हो।”











नेपालीरैबार । २०८२ भाद्र ५, बिहीबार