सुर्खेत । सुर्खेत प्रहरीले लागुऔषधसहित एक युवकलाई नियन्त्रणमा लिएको छ । भदौ ५ गते दिउँसो करिब १ बजे जिल्ला प्रहरी कार्यालय सुर्खेत र लागुऔषध नियन्त्रण शाखा कार्यालय सुर्खेतबाट खटिएको संयुक्त टोलीले वीरेन्द्रनगर नगरपालिका–३, मुलपानीचोकमा चेकजाँच गर्ने क्रममा २१ वर्षीय चक्र बहादुर शाहीलाई पक्राउ गरेको हो ।
प्रहरीले शाहीको साथबाट नापतौल नगरेको अवस्थामा ब्राउनसुगर जस्तो देखिने खैरो रङको धुलो पदार्थ २३ पुडिया बरामद गरेको जनाएको छ । परीक्षण तथा नापतौल गर्दा उक्त पदार्थको शुद्ध तौल ८०० मिलिग्राम रहेको पाइएको सुर्खेत प्रहरीले जानकारी दिएको छ।
बरामद गरिएको लागुऔषधसहित पक्राउ परेका शाहीलाई आवश्यक अनुसन्धान तथा कारबाहीको लागि जिल्ला प्रहरी कार्यालय सुर्खेतमै राखिएको प्रहरीले जनाएको छ ।











नेपालीरैबार । २०८२ भाद्र ७, शनिबार