शनिबारदेखि अवरुद्ध कर्णाली राजमार्ग खुल्यो

‎सुर्खेत – शनिबारदेखि अवरुद्ध कर्णाली राजमार्ग सुचारु भएको छ। ‎राजमार्ग अन्तर्गत कालिकोटको गगने खोलामा गएको पहिरो हटाइएसँगै सडक खण्ड आजदेखि पूर्ण रूपमा सुचारु भएको हो।



‎यस सडक खण्ड सुचारु भएसँगै यस क्षेत्रका सम्पूर्ण यात्रुहरूलाई आवागमन‌ सुरु भइसकेको सडक डिभिजन कार्यालय जुम्लाले जनाएको छ।

‎सडक अवरुद्ध हुँदा यात्रुहरूले भोग्नुपरेको समस्यालाई मध्यनजर गर्दै नेपाली सेना समेत खटिएर पहिरो पन्छाएको थियो।

‎गगने खोला सँधै पहिरो गइरहने स्थान हो । शनिबारदेखि सडक अवरुद्ध हुँदा १३ करोड बराबरको स्याउका ट्रक बाटोमा अलपत्र थिए ।

तपाईको प्रतिक्रिया