अन्तरविद्यालय हाजिरीजवाफ प्रतियोगिता सम्पन्न

सुर्खेत । हरेक वर्षझैँ यस वर्ष पनि विद्याज्योति निकेतनको आयोजनामा अन्तरविद्यालय हाजिरीजवाफ प्रतियोगिता सम्पन्न भएको छ । विद्यालयका प्रिन्सिपल ध्रुव सिंहको अध्यक्षता र वीरेन्द्रनगर नगरपालिका शिक्षा शाखा प्रमुख उप–सचिव धिरेन्द्र प्रसाद शर्माको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा सरकारी र संस्थागत (प्याब्सन तथा एन–प्याब्सन) गरी १४ विद्यालयको सहभागिता रहेको थियो ।

प्रतियोगितामा सिद्धार्थ पाठशाला प्रथम, साहारा नेशनल एकेडेमी द्वितीय, अरनिको बोर्डिङ स्कुल तृतीय तथा आयोजक विद्यालय विद्याज्योति निकेतन चतुर्थ स्थानमा चयन भए ।

कार्यक्रममा मध्यपश्चिम विश्वविद्यालयका उपप्रध्यापक खगेन्द्र अधिकारी, नेशनल प्याब्सनका सचिव दिनेश दहाल, विद्याज्योति सहकारी संस्थाका अध्यक्षसहित विद्यालयका प्रिन्सिपल तथा शिक्षक प्रतिनिधिहरुको विशेष उपस्थिती रहेको थियो ।

कार्यक्रम विद्यालयका संयोजक रमेश खनालले सञ्चालन गरेका थिए । विजेता विद्यालय तथा विद्यार्थीलाई बधाई दिँदै आयोजकले प्रतियोगिता सफल बनाउन योगदान पुर्‍याउने स्टाफ तथा शुभेच्छुक सबैप्रति धन्यवाद व्यक्त गरेको छ ।

तपाईको प्रतिक्रिया