सुर्खेत । सुर्खेतमा बिहीबार साँझदेखि जारी गरिएको कर्फ्यु शुक्रबार बिहानदेखि हटाइएको छ । प्रमुख जिल्ला अधिकारी जगदीश्वर उपाध्यायले कर्फ्यु हटाए पनि निषेधाज्ञा भने निरन्तर लागू रहने जानकारी दिए ।
उनका अनुसार सुब्बाकुनादेखि पश्चिम बाङ्गेसिमलसम्म रत्नराजमार्गको उत्तरतर्फ उपत्यका सम्पूर्ण क्षेत्रमा तथा दक्षिणतर्फ राजमार्गको ३०० मिटर भित्र निषेधाज्ञा जारी गरिएको छ ।
जिल्ला सुरक्षा समितिको मूल्याङ्कनअनुसार सुर्खेतको शान्ति–सुरक्षाको अवस्था सामान्य रहेकाले कर्फ्यु हटाउने निर्णय गरिएको हो । तर, हुलदंगा वा अशान्ति रोक्न ५ जनाभन्दा बढी एकै ठाउँमा भेला हुन नपाउने प्रजिअ उपाध्यायले जानकारी दिए । साँझ ५ बजेपछि परिस्थितिको मूल्याङ्कन गरेर पुनः आवश्यक निर्णय लिइने प्रजिअ उपाध्यायले बताएका छन् ।











नेपालीरैबार । २०८२ भाद्र २७, शुक्रबार