सुर्खेतका पाँच राजनीतिक दलहरू एकै ठाउँमा

सुर्खेत। सुर्खेतका पाँच प्रमुख राजनीतिक दलहरूले प्रतिनिधिसभा विघटनलाई संवैधानिक सर्वोच्चता र संविधानमाथिको गम्भीर प्रहार भनेका छन् । नेपाली कांग्रेस, नेकपा एमाले, माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी र राष्ट्रिय जनमोर्चाले संयुक्त विज्ञप्ति जारी गर्दै संसद् विघटन दुःखद भएको बताएका हुन् ।

नेकपा एमाले सुर्खेतका अध्यक्ष कुलमणि देवकोटाले संसद् विघटनप्रति गम्भीर असहमति व्यक्त गरे । त्यस्तै, नेपाली कांग्रेस सुर्खेतका उपसभापति टोपबहादुर रावतले नेपाली जनताको लामो संघर्ष र बलिदानबाट प्राप्त लोकतन्त्र तथा संविधानसभाबाट जारी भएको संघीय लोकतान्त्रिक गणतन्त्रात्मक संविधानविपरीतका कदमलाई कुनै हालतमा स्वीकार गर्न नसकिने स्पष्ट पारे ।

दलहरूले यस्तो विषम परिस्थितिमा मुलुकलाई एकताबद्ध बनाई राष्ट्रियता र लोकतान्त्रिक गणतन्त्रको रक्षा गर्न सबै दल एकजुट हुनुपर्ने निष्कर्ष निकालेका छन् । साथै आन्दोलनका क्रममा सार्वजनिक सम्पत्ति, ऐतिहासिक धरोहर, राजनीतिक दलका कार्यालय तथा निजी सम्पत्तिमा भएको आगजनी, तोडफोड, लुटपाट र हिंसात्मक घटनाप्रति उनीहरूले गम्भीर आपत्ति र निन्दा प्रकट गरेका छन् ।

तपाईको प्रतिक्रिया