जेलबाट फरार दुई कैदी सुर्खेतमा पक्राउ

सुर्खेत । गत भदौ २४ गते विभिन्न कारागारबाट फरार भएका दुई जना कैदी सुर्खेतमा प्रहरीले नियन्त्रणमा लिएका छन् । प्रहरीका अनुसार जिल्ला बाँके नौबस्ता कारागारबाट फरार भएका कैदी रतन वादीलाई सुर्खेतको गुर्भाकोट नगरपालिका–६ नक्कलेमा लुकीछिपी बसेको अवस्थामा पक्राउ गरिएको हो । उनलाई प्रहरी चौकी मेहलकुनाबाट खटिएको टोलीले असोज २० गते बिहान करिब १० बजे नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय सुर्खेतले जनाएको छ ।

त्यस्तै जेनजी आन्दोलनको क्रममा काठमाडौँको नख्खु कारागारबाट फरार भएका गंग बहादुर गुरुङ ३६ वर्ष पनि पक्राउ परेका छन् । उनी सुर्खेतको लेकबेसी नगरपालिका–८ निवासी हुन् । गुरुङलाई असोज २० गते बिहान करिब ११ बजे आफ्नै वतन घरबाट इलाका प्रहरी कार्यालय लेकबेसीबाट खटिएको टोलीले नियन्त्रणमा लिएको हो । प्रहरीका अनुसार दुबै जना ज्यान सम्बन्धी मुद्दाका कैदी हुन् । पक्राउ परेका दुबै कैदीलाई आवश्यक कानूनी प्रक्रिया पूरा गरी जिल्ला कारागार सुर्खेतमा बुझाइएको छ।

तपाईको प्रतिक्रिया