सुर्खेत । सुशासन प्रवद्र्धनका लागि युवा (वाइ जी जी पी) सुर्खेतको आठौँ साधारणसभा तथा बार्षिक सामाजिक परीक्षण सम्पन्न भएको छ । राष्ट्रिय मानव अधिकार आयोग कर्णाली प्रदेश कार्यालयका प्रमुख रमेश थापाको प्रमुख आतिथ्यतामा सोमबार वीरेन्द्रनगरमा कार्यक्रम सम्पन्न भएको हो । संस्थाका लक्ष्य, उद्देश्य र रणनैतिक योजनाका आधारमा संस्थाले हालसम्म स्थानिय सरकार, विभिन्न राष्ट्रिय तथा अन्तर्राष्ट्रिय संस्थाहरुसँगको समन्वय, सहकार्य र साझेदारीमा हालसम्म १९ वटा कार्यक्रमहरु विभिन्न १४ वटा जिल्लाका २६ वटा स्थानिय तहहरुमा सञ्चालन गरेको संस्थाका कार्यक्रम व्यवस्थापक खगेन्द्र सिजापतीले जानकारी दिनुभयो । उहाँका अनुसार हाल पाँच वटा कार्यक्रमहरु कार्यान्वयनमा रहेका छन् । हाल सुचना व्यवस्थापन प्रर्णाली, स्वास्थ्य र पोषण, महिनावारी स्वच्छता र सबैका लागि न्याय, हाम्रो शहर र लैङ्गिक समाताका लागि सामाजिक जवाफदेहिता परियोजना सञ्चालनमा रहेको सिजापतिले जानकारी दिनुभयो ।
संस्थाले युवा, महिला, दलित,विपन्न, सिमान्तकृत लगायत आम सरोकारवाला निकायसँग काम गरिरहेको संस्थाका कार्यकारी र्निेशक घनश्याम के.सी.ले बताउनुभयो । शिक्षा, स्वास्थ्य, उद्यमशिलता एवं रोजगारी, सुशासन लगायतका क्षेत्रमा संस्थाले काम गरिरहेको केसीले जानकारी दिनुभयो । आठौँ साधारणसभाका प्रमुख अतिथि राष्ट्रिय मानव अधिकार आयोग कर्णाली प्रदेश कार्यालयका प्रमुख रमेश थापाले मानव अधिकार प्रवद्र्धनमा नागरिक समाज संस्थाको महत्वपूर्ण भूमिका हुने बताउनुभयो ।
उहाँले युवा वर्तमान र भाविष्यका समेत साझेदार भएको भन्दै आम मानिसको मानव अधिकार प्रवद्र्धन तथा मानव अधिकारमैत्री समाज निर्माणका लागि युवाले अग्रसरता लिनुपर्नेमा जोड दिनुभयो । कार्यक्रममा संयुक्त राष्ट्र संघीय विकास कार्यक्रम यूएनडिपी, सेभ द चिल्ड्रेन, यूएनओमन, गैरसरकारी संस्था महासंघ, नेपाल पत्रकार महासंघ, इन्सेक, इन्द्रेणी समाज लगातका प्रतिनिधिहरुले साधारणसभामा शुभकामना मन्तव्य दिनुभएको थियो । साधारणसभाबाट रिता चन्दको अध्यक्षतामा सर्वसंवत रुपमा नयाँ कार्यसमिति चयन भएको छ । अध्यक्ष चन्दले ‘परिवर्तनका लागि युवा, युवाका लागि परिवर्तन’ भन्ने संस्थाको मूल मन्त्र अनुरुप आगामी दिनमा कार्यक्रम तथा अभियानहरु सञ्चालन गर्ने बताउनुभएको छ।











नेपालीरैबार । २०८२ आश्विन २८, मंगलवार